काठमाडौं । सरकारको आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम आज प्रतिनिधिसभा बैठकमा निर्णयार्थ पेस गरिँदैछ । संसदमा प्रधानमन्त्री केपी ओलीले नीति तथा कार्यक्रममाथी उठेको प्रश्नहरुको जवाफ दिएपछि आजै निणायार्थ प्रस्तुत गर्ने तयारी सरकारको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
सरकारको नेतृत्व गरिरहेकै दलका सांसदले नीति तथा कार्यक्रममा बोल्ने क्रममा असहमति जनाउँदै मौन सम्बोधन गरेर ब्याङग्य कसेपछि सरकारको नीति कार्यक्रम सत्तासिन दलभित्रै आम सहमति बन्न सकिरहेको छैन । जसकाकारण सत्तासिन दल कांग्रेस र एमालेले आफना सांसदहरुलाई हेवीप जारी गरेका छन् ।
नीति कार्यक्रम सरकारले संसदवाट पारित गराउनुपर्ने हुन्छ । सोही कारण पनि कांग्रेस एमालेले आफना सांसदलाइृ ह्वीप जारी गरेका हुन् ।
कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे र एमालेका प्रमुख सचेतक महेश वर्ताैलाले आफना सांसदहरुलाई ह्वीप जारी गरेको बताए ।
नीति तथा कार्यक्रम निर्णयार्थ पेस हुने भएपछि सत्तापक्षका सांसद बैठककक्षमा सहभागी त हुनै पर्यो । सांसदहरु गयल हुने भन्ने हुँदैन । त्यसैले अनिवार्य बैठकमा सहभागी हुन ह्वीप लगाइएको छ,’ कांग्रेसका प्रमुख सचेतक घिमिरेले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ बैशाख २०८२, १० : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगरको नीति तथा कार्यक्रम: शहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन पूर्ण प्रतिबन्ध
गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै
बागमती प्रदेशसभामा आजदेखि नीति तथा कार्यक्रममाथि छलफल हुँदै
लुम्बिनी प्रदेशसभा बैठक बस्दै, वार्षिक नीति तथा कार्यक्रम पेस गरिने
सरकारको नीति तथा कार्यक्रम दिशाहीन रहेको एमालेको टिप्पणी
बालबालिका, अपांगता भएका व्यक्ति र असहाय नागरिक लक्षित सामाजिक सुरक्षा कार्यक्रम विस्तार गरिने