सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ पेस गरिँदै, प्रधानमन्त्रीले संसदमा जवाफ दिने

सत्तासिन कांग्रेस–एमालेको ह्वीप

सफल खबर संवाददाता

आइतबार, २८ बैशाख २०८२, १० : ४२
सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ पेस गरिँदै, प्रधानमन्त्रीले संसदमा जवाफ दिने

काठमाडौं । सरकारको आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम आज प्रतिनिधिसभा बैठकमा निर्णयार्थ पेस गरिँदैछ । संसदमा प्रधानमन्त्री केपी ओलीले नीति तथा कार्यक्रममाथी उठेको प्रश्नहरुको जवाफ दिएपछि आजै निणायार्थ प्रस्तुत गर्ने तयारी सरकारको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

सरकारको नेतृत्व गरिरहेकै दलका सांसदले नीति तथा कार्यक्रममा बोल्ने क्रममा असहमति जनाउँदै मौन सम्बोधन गरेर ब्याङग्य कसेपछि सरकारको नीति कार्यक्रम सत्तासिन दलभित्रै आम सहमति बन्न सकिरहेको छैन । जसकाकारण सत्तासिन दल कांग्रेस र एमालेले आफना सांसदहरुलाई हेवीप जारी गरेका छन् ।

नीति कार्यक्रम सरकारले संसदवाट पारित गराउनुपर्ने हुन्छ । सोही कारण पनि कांग्रेस एमालेले आफना सांसदलाइृ ह्वीप जारी गरेका हुन् ।

कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे र एमालेका प्रमुख सचेतक महेश वर्ताैलाले आफना सांसदहरुलाई ह्वीप जारी गरेको बताए ।

नीति तथा कार्यक्रम निर्णयार्थ पेस हुने भएपछि सत्तापक्षका सांसद बैठककक्षमा सहभागी त हुनै पर्यो । सांसदहरु गयल हुने भन्ने हुँदैन । त्यसैले अनिवार्य बैठकमा सहभागी हुन ह्वीप लगाइएको छ,’ कांग्रेसका प्रमुख सचेतक घिमिरेले भने ।