सेनाले ल्यायो चीनबाट १९ टन स्वास्थ्य सामग्री

सफल खबर संवाददाता

मंगलबार, ०६ जेठ २०७७, ११ : २७
सेनाले ल्यायो चीनबाट १९ टन स्वास्थ्य सामग्री

काठमाडौँ । नेपाली सेनाले कोरोना भाइरस विरुद्धको अभियानका लागि चाहिने अत्यावश्यक स्वास्थ्य सामग्री चीनबाट ल्याएको छ । जीटूजी मार्फत स्वास्थ्य सामग्री चीनबाट ल्याउने जिम्मा पाएको नेपाली सेनाले नेपाल एयरलाइन्सको चार्टर्ड विमान मार्फत मंगलबार बिहान सामान करिब १९ टन स्वास्थ्य सामग्री ल्याएको हो ।

सामान लिनका लागि सोमबार बेलुका गएको विमान मंलबार बिहान आएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिएका छन् । चीनबाट दुई अर्बमा ६७ प्रकारका ३ सय ४२ टन स्वास्थ्य सामग्री ल्याउने सम्झौता भएको थियो ।
त्यस अन्तर्गत पहिलो विमानमा मंगलबार १८ हजार ८४३ किलो सामान ल्याइएको हो ।

ग्लोब्स, मास्क, फेस मास्क,  व्यक्तिगत सुरक्षात्मक सामग्री (पीपीई) र अरु अत्यावश्यक स्वास्थ्य सामग्री ल्याइएको हो ।यसअघि शनिबार स्थलमार्ग हुँदै ल्याइएको सामान काठमाडौँ आइपुगेको थियो ।

सेनाले वैशाख पहिलो साता सरकार–सरकार ९जीटुजी० प्रक्रियाबाट स्वास्थ्य सामग्री खरिदका लागि दुई अर्ब २५ करोड रुपैयाँ बढीको सम्झौता चिनियाँ वाणिज्य मन्त्रालयसँग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस