एजेन्सी । अमेरिकी सिनेटबाट चीन विरोधी प्रस्ताव पारित भएको छ । चीनका उइगुर मुसलमानलगायत अल्पसंख्यक समुदायको मानव अधिकार हनन् भइरहेको दाबी गर्दै अमेरिकी सिनेटमा चीन सरकारसँग जवाफ माग्ने प्रस्ताव पारित भएको हो ।
सिनेटमा सर्वसम्मतिबाट पारित भएको अब अमेरिकी संसद्को तल्लो सदनमा छलफलका लागि जानेछ। कोरोनाको महामारीका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई जिम्मेवार मान्दै आएका छन्। पछिल्लो प्रस्तावलाई दुई देशबीच जारी तनावको एक हिस्साका रूपमा हेरिएको छ ।
यो विधेयकमा चीनको सिनजियाङमा रहेका मुस्लिम समुदायमाथि मानवअधिकार उल्लंघन भएको भन्दै निन्दा गर्नुका साथै उनीहरूमाथि भइरहेको उत्पीडन अन्त्यको माग गरिएको छ ।
चीनले चरमपन्थीविरुद्धको संघर्षका कारण सो क्षेत्रमा कडाइ गरिएको बताउँदै आएको छ । उक्त प्रस्तावले चीनको सिन्जियाङ शहरका मुसलमान समुदायको मानव अधिकारको रक्षा गर्न र उनीहरूमाथि भइरहेको उत्पीडनको विरोध गरेको छ। यता चीनले भने आफ्नो देशभित्र रहेका अतिवादीहरू कारवाही गर्दै आएको बताउँदै आएको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ०२ जेठ २०७७, ११ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाद्वारा तीन दिनमा दोस्रो पटक इरानमाथि आक्रमण
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्यो इरानमा हवाई आक्रमण
अमेरिकाको बढ्दो नेपाल चासो : लगातार उच्चस्तरीय भ्रमणको अर्थ के ?
अमेरिकाका विदेशमन्त्री रुबियो आइपुगे भारत
ट्रम्प प्रशासनद्वारा ग्रीन कार्ड प्रक्रियामा हेरफेर, अब अमेरिका छाडेर मात्र आवेदन दिन पाइने
अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य