एजेन्सी । अमेरिकी सिनेटबाट चीन विरोधी प्रस्ताव पारित भएको छ । चीनका उइगुर मुसलमानलगायत अल्पसंख्यक समुदायको मानव अधिकार हनन् भइरहेको दाबी गर्दै अमेरिकी सिनेटमा चीन सरकारसँग जवाफ माग्ने प्रस्ताव पारित भएको हो ।
सिनेटमा सर्वसम्मतिबाट पारित भएको अब अमेरिकी संसद्को तल्लो सदनमा छलफलका लागि जानेछ। कोरोनाको महामारीका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई जिम्मेवार मान्दै आएका छन्। पछिल्लो प्रस्तावलाई दुई देशबीच जारी तनावको एक हिस्साका रूपमा हेरिएको छ ।
यो विधेयकमा चीनको सिनजियाङमा रहेका मुस्लिम समुदायमाथि मानवअधिकार उल्लंघन भएको भन्दै निन्दा गर्नुका साथै उनीहरूमाथि भइरहेको उत्पीडन अन्त्यको माग गरिएको छ ।
चीनले चरमपन्थीविरुद्धको संघर्षका कारण सो क्षेत्रमा कडाइ गरिएको बताउँदै आएको छ । उक्त प्रस्तावले चीनको सिन्जियाङ शहरका मुसलमान समुदायको मानव अधिकारको रक्षा गर्न र उनीहरूमाथि भइरहेको उत्पीडनको विरोध गरेको छ। यता चीनले भने आफ्नो देशभित्र रहेका अतिवादीहरू कारवाही गर्दै आएको बताउँदै आएको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ०२ जेठ २०७७, ११ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिका जाँदै हुनुहुन्छ ? पहिल्यै १५ हजार डलर धरौटी राख्नुपर्ने नियम आउँदै
प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने फ्रान्सको घोषणा अमेरिकाद्वारा खारेज
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
युक्रेनलाई अमेरिकाले शक्तिशाली हतियार सहयोग गर्ने
संयुक्त राष्ट्रसंघकी विशेषज्ञमाथि अमेरिकाको प्रतिबन्ध
अमेरिकाद्वारा युक्रेनलाई हतियार दिन बन्द