काठमाडौं । सरकारले आज आगामी आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम आज संसदमा प्रस्तुत गर्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका तर्फबाट आज दिउँसो ४ बजे नयाँ बानेश्वर स्थित संसद भवनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूचि तय भएको छ ।
संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् । कोभिड १९ का कारण देश आक्रान्त बनिरहेका बेला राष्ट्रपति भण्डारीको संसद भवनमा उपस्थिती तामझामकै साथ गराउने र सोही अनुसार नै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने गरी सरकारले तयारी थालेको छ । विषम परिस्थितीमा विगतकै वर्षहरुको शैलीमा तामझामका साथ नीति तथा कार्यक्रम प्रस्तुत गर्ने गरी सरकारले गरेको तयारीका कारण संसदका कर्मचारी र सांसदहरु भने असन्तुष्ट देखिएका छन् । भलैं, उनीहरुले बोलिहालेका भने छैनन् ।
'मेरो सरकार'को पूनरावृत्ति हुने
गत वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बेला राष्ट्रपति भण्डारीले मेरो सरकार भनेर सम्बोधन गरेपछि निक्कै विवाद भएको थियो । राजतन्त्रात्मक ब्यवस्थामा राजाहरुले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा मेरो सरकार भनेर सम्बोधन गर्ने गरिन्थ्यो ।
तर गणतन्त्रात्मक ब्यवस्थामा पनि सरकारले मेरो सरकार भनेर राष्ट्रपतिले सम्बोधन गर्दा पूरानै रजतन्त्रात्मक ब्यवस्थाको झल्को दिएको भन्दै प्रतिपक्षी लगायत सत्तारुढ दलकै पनि आपत्ति रहेको थियो । तर यसपटक पनि राष्ट्रपति विद्यादेवी भण्डारीलाई नीति तथा कार्यक्रम प्रस्तुत गराउदा मेरो सरकार नै भनेर सम्बोधन गर्ने गरी तयारी गरिएको सरकारी स्रोतको भनाई छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम परिमार्जन हुने
कोरोना आतंकपछि अर्थतन्त्रमा परेको प्रभाव र बढ्दो बेरोजगारीको अ वस्थालाई मध्यनजर गर्दै सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिमार्जन गरी लागु गर्न खोजेको छ । विगतमा प्रधानमन्त्री रोजगार कार्यक्रम विवादित बनेको थियो । सरकारले यो कार्यक्रम अन्र्तगत रहेर कृषि क्षेत्रमा जथाभावी ब्यानर राख्दै प्रधानमन्त्री रोजगार कार्यक्रमको नाममा नौटंकी मात्र देखाईएको भन्दै ब्यापक आलोचना भएको थियो । जसकाकारण यो कार्यक्रमलाई परिमार्जन गरेर लैजाने योजनामा सरकार देखिएको छ ।
त्यस्तै कृषि क्षेत्रमा रोजगारीको सम्भाब्यता अध्ययन गर्ने र कृषिमै रोजगारीको अवसर दिलाउने गरि सरकारले ब्यापक मात्रामा कृषिमा रोजगारीको अवसर सिर्जना गर्ने गरी नीति तथा कार्यक्रम ल्याउन खोजेको छ । त्यस्तै, लकडाउनका कारण थिलोथिलो भएको नेपालको अर्थतन्त्रलाई पूर्नजिवित गर्न र त्यसको रुपान्तरणका लागि पनि सरकारले नीति तथा कार्यक्रममा अर्थतन्त्र रुपान्तरणका विषयमा कार्यक्रम समेटेको बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ जेठ २०७७, ०९ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगरको नीति तथा कार्यक्रम: शहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन पूर्ण प्रतिबन्ध
गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै
बागमती प्रदेशसभामा आजदेखि नीति तथा कार्यक्रममाथि छलफल हुँदै
लुम्बिनी प्रदेशसभा बैठक बस्दै, वार्षिक नीति तथा कार्यक्रम पेस गरिने
सरकारको नीति तथा कार्यक्रम दिशाहीन रहेको एमालेको टिप्पणी
बालबालिका, अपांगता भएका व्यक्ति र असहाय नागरिक लक्षित सामाजिक सुरक्षा कार्यक्रम विस्तार गरिने