काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले मानव जातिले कोरोनालाई जितेर नयाँ विश्व ब्यवस्था जन्माउने विश्वास ब्यक्त गरेका छन् ।
पार्टी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको ५ दिने भर्चुअल आइसिटि टिओटी विषयक रोष्टर प्रशिक्षण कार्यक्रमलाई बिहिबार बिहान उदघाटन गदै प्रचण्डले त्यस्तो बताएका हुन् ।‘हरेक नकारात्मकताभित्र कही न कही मानिसले त्यसभित्र अन्र्तनिहित सकारात्मकताको खोजी गर्ने प्रयास गर्नुपर्छ ।
यो कोरोनाले नयाँ विश्व ब्यवस्था, नयाँ सामाजिक सम्बन्धलाई विकास गर्ने कुरालाई इंगत गर्छ’ देशभरबाट भर्चुअल अन्र्तक्रियामा जोडिएका झण्डै २५० शिक्षकहरुलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने । कोरोना महामारीले पुँजीपति वर्गको नेतृत्वमा चलिरहेको राज्य ब्यवस्था असफल भएको र त्यसले मात्र अब विश्व ब्यवस्थाको नेतृत्व गर्न नसक्ने प्रष्ट संकेत दिएको पनि प्रचण्डको भनाई थियो ।
उनले अब विश्वले नयाँ समाजवादी राज्य ब्यवस्था निर्माणको दिशामा अगाडी बढ्न सबै देशहरुलाई दिशा निर्देश गरेको पनि बताए । प्रचण्डले मानव जातिले कोरोना महामारीसँग जुधेर यसलाई जितेरै छोड्ने दाबी पनि गरे । उनले भने,– ‘आउने दिनमा यो संकट समाधान हुनेछ । मानव जातिले यसलाई जित्नेछ । नयाँ विश्व ब्यवस्था जन्मिनेछ ।’
अहिलेको संकटमा संसारभर र नेपालका शिक्षकहरुको भूमिका पनि महत्वपूर्ण हुने भन्दै प्रचण्डले शिक्षकहरुलाई सोही अनुसार अगाडी बढन पनि निर्देशन गरे । कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य मणि थापाले कोरोनाको संकट चलिरहेको बेला राष्ट्रियताको विषय र पार्टीहरुभित्रको अन्तरविरोधका विषयहरु पनि सँगै आएकोले यी सबै समस्याहरुको समाधान गरेर जानुपर्ने अवस्थामा नेपालीहरु रहेको धारणा राखेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ जेठ २०७७, १० : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: प्रचण्ड
एमाले महाधिवेशनमा प्रचण्ड-माधव नजाने
पर्वतहरू प्रकृतिका अमूल्य धरोहर : प्रचण्ड
मुलुकको संकट अझै टरेको छैन: प्रचण्ड
सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र लोकतान्त्रिक बन्न सक्दैन : प्रचण्ड
२०४६ यता उच्च पदमा पुगेका सबैको सम्पत्ति छानबिन गर्न ‘प्रचण्ड’को माग