भारतमा बस र ट्रक ठोक्किदा ८ मजदुरको मृत्यु

एजेन्सी

विहीबार, ०१ जेठ २०७७, ०९ : ५४
भारतमा बस र ट्रक ठोक्किदा ८ मजदुरको मृत्यु

सांकेतिक तस्बिर ।

एजेन्सी ।  भारतको मध्य प्रदेशको गुनामा बुधबार राति ट्रक र बस ठोकिँदा  ८ जना मजदुरको ज्यान गएको छ। भारतिय संचार माध्यमका अनुसार ८ जनाको मृत्यु हुनुको साथै घटनामा ५० जना मजदुर घाइते भएका छन् ।

दुर्घटना गए राति गुनाको क्यान्ट पीएस क्षेत्रमा दुर्घटना भएको हो। ट्रकमा सवार मजदुरहरु  महाराष्ट्रदेखि उत्तर प्रदेशमा रहेको आफ्नो घर जाँदै थिए। दुर्घटनामा परेका घाइतेहरुलाई नजिकको जिल्ला अस्पताल लगिएको थियो।  

यसैगरी उत्तर प्रदेशको मुजफ्फरनगरमा बुधवार राति पंजाबबाट हिडेर बिहार जाँदै गरेका ६ जना मजदुरले दुर्घटनामा ज्यान गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस