दाना उद्योगको भित्ता भत्किदा तीन मजदुरको मृत्यु, दुई घाइते

सफल खबर संवाददाता

बुधबार, २९ असोज २०८२, १४ : ३०
दाना उद्योगको भित्ता भत्किदा तीन मजदुरको मृत्यु, दुई घाइते

चितवन । रत्ननगर नगरपालिका वडा नम्बर १२ मा रहेको किसान दाना उद्योगको भित्ता भत्किदा तीन जना मजदुरको ज्यान गएको छ ।

चितवन प्रहरीका प्रवक्ता डिएसपी रविन्द्र खनालका अनुुसार दाना उद्योगको भित्ता भत्किदा खैरहनी नगरपालिका वडा नम्बर २ बस्ने ४५ वर्षका शुकराम दराइ, गोरखा घर भई हाल रत्ननगर न.पा.१२ बस्ने बर्ष ५४ को रेशम दमाई र जिल्ला चितवन रत्ननगर न.पा.१२ बस्ने ४५ वर्षका कमल गुरुङको मृत्यु भएको हो ।

प्रहरीका अनुसार बिहान ९ बजेर ५० मिनेट जाँदा उद्योगको दाना नम्बर ४ को बाल भत्किएको थियो । घटनामा अरु दुई जना मजदुर पनि घाइते भएका जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस