पत्रकारको कोरोना परिक्षण गर्न प्रेस सङठनको माग

सफल खबर संवाददाता

मंगलबार, ३० बैशाख २०७७, २१ : ४९
पत्रकारको कोरोना परिक्षण गर्न प्रेस सङठनको माग

चितवन । प्रेस संगठन नेपाल चितवनले पत्रकारको कोरोना परीक्षण गर्न माग गरेको छ। संगठनले आज  जारि गरेको विज्ञप्तिमा मंगलबार बिरगंजमा पत्रकारमा कोरोना संक्रमण पुष्टि भएकोमा चिन्ता व्यक्त गरिएको छ। 

विज्ञप्तिमा भनिएको छ, ,मंगलबार मात्रै बिरगंजमा पत्रकार साथीहरूमा संक्रमण पुष्टि भएको खवरले प्रेस संगठन चितवन अत्यन्तै गम्भीर र दुखी बनेको छ। संक्रमित पत्रकार साथीहरूको शिध्र स्वास्थ्य लाभको कामना गर्दछौं।”

साथै अग्रभागमा रहेर यस्तो विषम् परिस्थितीमा जोखिमा रहेका सबै पत्रकार, सञ्चारकर्मीहरुको पीसीआर विधिबाट स्वास्थ्य परीक्षण गर्न प्रेस संगठन चितवनले माग गरेको छ। साथै स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउन समेत सरकारको ध्यानाकर्षण गराउँदछौं,विज्ञप्तिमा उल्लेख छ।

विषम परिस्थितिमा पत्रकारलाइ सकेसम्म घरबाटै काम गर्ने वातावरण मिलाउन र कुनै पनि वहानामा कामवाट नहटाउन ,पारिश्रमिक कटौति नगर्न संचारमाध्यम संचालक समक्ष पनि आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस