नेपालगन्ज । आाइतबार बिहानदेखि दिउँसोसम्म नेपालगन्जको बीपी चोकदेखि पुष्पलाल चोकसम्मको सुर्खेत रोडमा लकडाउन यताकै सबैभन्दा बढी भीडभाड थियो। पैदल यात्री, साइकल र मोटरसाइकलमा ओहोरो दोहोर गर्ने धेरै थिए। वीपी चोकदेखि पुष्पलाल चोकसम्मको सुर्खेत रोडमा अधिकांश बैंकका शाखाहरु छन्। सर्वाधिक भींड बैंकमै थियो।
धम्बोझी चोकमा रहेको सांग्रीला विकास बैंकमा सामाजिक सुरक्षा भत्ता लिनेको ताँती थियो। बैंकका शाखा प्रबन्धक जीवन विसी कम्तीमा पनि पाँच सय जना एकै पटक सामाजिक सुरक्षा भत्ता लिन आएको बताउँछन्। तर, ।त्योभन्दा पनि ठूलो संख्यामा सर्वसाधारणले बैंक बाहिर भींड लगाएका थिए।
दुई सय जनाले त बैंकबाट सेवा नै लिए। बिसी भन्छन्, ‘नेपालगन्जको वडा नम्बर २ र १२ का एक हजार जनाले बैंकबाट सामाजिक सुरक्षा भत्ता लिने गरेका छन्। वडाले सबैलाई एकै पटक पठाएकाले समस्या भयो’, प्रबन्धक बिसीले भने, ‘भित्र सेवा लिन आउनेहरुलाई त हामीले साबुन पानीले हात धुन लगाएर सेनिटाइजर प्रयोग गरेका थियौं। बाहिरको भींड व्यवस्थापन गर्न सकेनौं।’
त्यस्तै भींड थियो, सुर्खेत रोडमै रहेको राष्ट्रिय वाणिज्य बैंकमा पनि। बैंकमा निकै लामो लाइन नै लागेको थियो। बैंकका प्रदेश ५ प्रमुख आनन्द सुवेदी तीन दिनको निषेधाज्ञापछि बैंक खुलेपछि पेन्सनरहरुको घुँइचो लागेको बताउँछन्। उनका अनुसार धम्बोझी शाखाबाट दुई सय ५५ जनाले सेवा लिएका थिए। उनले कारण बताए, ‘पेन्सन ढिलो हालेकाले पनि एकै पटक भींड लागेको हुनसक्छ।’
त्रिभुवन चोकस्थित शाखाबाट वडा नं। ८ को सामाजिक सुरक्षा भत्ता वितरण गर्ने योजना भने कोरोना संक्रमणका कारण वडा कार्यालयसँग समन्वय गरेर रोकेको सुवेदी बताउँछन्।
नेपालगन्जको एसबीआइ बैंकमा पनि सेवाग्राहीको भींड उत्तिकै थियो। बैंक प्रबन्धक प्रविण भट्टराई पनि तीन दिनको निषेधाज्ञापछि बैंक खुलेपछि भींड भए पनि क्रमशः सामान्य हुने दाबी गर्छन्। यो बैंकबाट एक सय २५ जनाले सेवा लिएका थिए। सेवा लिनेभन्दा धेरै बैंक बाहिर थिए। अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, २९ बैशाख २०७७, ०८ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आन्दोलनबाट बैंकका ६८ कार्यालयमा क्षति, बैंकिङ सिस्टममा समस्या नरहेको गभर्नरद्वारा जानकारी
एक दर्जन बैंकले बढाए खराब कर्जा, कुनकाे कति ?
बैंकहरुको निर्णय : आजदेखि मुद्दती निक्षेपको ब्याजदर झन् घट्यो
बैंकहरूको नाफा १.४ प्रतिशत मात्रै बढ्यो, कसको कति ?
बैंकहरूको नाफा ४.६ प्रतिशत घट्यो, कसले कमाए कति ?
सहकारी संस्थाले बैंकबाट ऋण लिन पाउने