काठमाडौं । गत ५ चैत २०७६ मा स्थगित गरिएको एसईई परीक्षा सञ्चालन गर्न गृहकार्य अघि बढाइएको छ । सांसदहरूले एसईई परीक्षा नगराउन आवाज उठाइरहेको बेला कानुनबमोजिम एसईई परीक्षा गराउनुपर्ने बाध्यता रहेको भन्दै राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालय परीक्षा सञ्चालन तयारीका लागि आन्तरिक गृहकार्यमा जुटेका छन् ।
शिक्षा ऐनमै परीक्षा बोर्डले परीक्षा लिने स्पष्ट रहेको भन्दै विद्यालयले लिएको परीक्षालाई आधार मानेर स्तर निर्धारण गर्न नमिल्ने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले बताए । उनका अनुसार कानुनतः परीक्षा गराउनैपर्छ ।
आजको राजधानी दैनिककाअनुसार कोरोनासकिएलगत्तै परीक्षा हुने दुई साताअघि परीक्षाको सूचना निकालिने छ भने ४५ दिनमा नतिजा प्रकाशित गरिनेछ । यस्तै विद्यार्थीलाई घरपायक पर्ने गरी परीक्षा केन्द्र तय गरिनेछ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, २९ बैशाख २०७७, ०७ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसईईको फाराम खुला, मंसिर १६ सम्म म्याद
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण
एसईई ग्रेड वृद्धि परीक्षा तालिका सार्वजनिक
एसईईको मौका परीक्षा २९ साउनदेखि
एसईई नतिजा सकेसम्म आजै प्रकाशित हुन्छ : बोर्ड अध्यक्ष शर्मा
एसईई नतिजा प्रकाशनको तयारीमा बोर्ड, बोलाइयो बैठक