काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सांसद जनार्दन शर्माले भारतले नेपाली भूमि लिपुलेक कोरोनाको मौका छोपेर मिचेको बताएका छन् । उनले भारतले नेपाली भूमि मिचेको भन्दै गम्भीर आपत्ति जनाए ।
संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले कोरोनाको मौका छोपेको भन्दै भर्त्सना गरे । उनले सीमा रक्षाका लागि सबै उपाय अपनाउनु पर्ने पनि बताए । ‘सरकारले नेतृत्व गरेर अब जनतालाई आह्वान गर्नुपर्छ । सरकारले कूटनीतिक नोट जारी गरेको छ । चीनले केही सच्याउने कुरा गरेको छ । चीनसँग कुरा गर्नुपर्छ,’ उनले भने ।
त्यस्तै उनले संसदले दिएको निर्देशन सरकारले नमानेको भन्दै आपत्ति जनाए । उनले नेपाली भूमिमा भारतले बाटो बनाएको विषयमा सरकारलाई अनुसन्धान विभागले कुन मितिमा के लेखेर रिपोर्ट दिएको छ समितिमा झिकाउन माग पनि गरे ।
उनले प्रश्न गर्दै भने, ‘कि अनुसन्धान विभागले नेताको मात्र जासुसी गर्छ ?’ उनले भारतले बनाएको बाटो तत्काल रोकिनुपर्ने भन्दै जनतालाई लिपुलेक जाने अनुमति दिन सरकारसँग माग गरे । ‘शक्तिअनुसारको संघर्ष गर्नुपर्छ । हाम्रो भूभागको रक्षा गर्न पाउनुपर्छ’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ बैशाख २०७७, १२ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन शर्माले आज पत्रकार सम्मेलन गर्दै, प्रदेश संयोजक तोक्ने
विप्लव पार्टीको चुनाव चिन्ह्रमा जनार्दन चुनाव लड्ने !
अन्जना विसंखेले पनि छोडिन जनार्दन शर्माको साथ
वाम प्रगतिशील ध्रुवीकरण घोषणा गर्दै जनार्दन शर्मा