काठमाडौं । आगामी वर्षको बजेटका सन्र्दभमा संसदमा आजदेखि प्रि–बजेट छलफल शुरु हुदैंछ । अर्थमन्त्री डा. युवराज खतिवडाले ११ बजे बस्ने प्रतिनिधिसभाको बैठक र १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा बजेटको सिद्धान्त र प्राथमिकता पेस गर्नेछन् ।
त्यसपछि सांसदहरुले विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा भाग लिनेछन् । सरकारले आज देखि प्रि–बजेट छलफल र जेष्ठ २ मा सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने तयारी गरेको छ ।
संविधानतः जेठ १५ मा भने आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुपर्ने हुन्छ । नेकपाभित्रको आन्तरिक पार्टी किचलो कतै बजेट र सरकारको नीति तथा कार्यक्रममा पर्ने त छैन भन्ने विषयमा शंका उत्पन्न भईरहेका बेला आजबाट प्रि–बजेट छलफल शुरु हुन लागेको हो । यसमा तीन दिनसम्म छलफल हुनेछ ।
नीति तथा कार्यक्रमपछि प्रिबजेट छलफल गर्नु उपयुक्त हुने भएपनि बजेट जेठ १५ मा पेश गर्नैपर्ने चापका कारण आजबाटै प्रि–बजेट छलफल हुन लागेको हो । त्यसमा छलफलमा उठेका जिज्ञासाको जवाफ दिने क्रम सकिएपछि जेठ १३ गते आर्थिक सर्वेक्षण प्रस्तुत हुनेछ भने १५ गते आर्थिक वर्ष २०७७÷७८ को बजेट पेश हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ बैशाख २०७७, ०९ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज संसद दिवस मनाइँदै
संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित
संसदबाट बाहिरियो राप्रपा र रास्वपा
राप्रपाद्वारा आज पनि संसद बहिष्कार
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची