काठमाडौं । आगामी वर्षको बजेटका सन्र्दभमा संसदमा आजदेखि प्रि–बजेट छलफल शुरु हुदैंछ । अर्थमन्त्री डा. युवराज खतिवडाले ११ बजे बस्ने प्रतिनिधिसभाको बैठक र १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा बजेटको सिद्धान्त र प्राथमिकता पेस गर्नेछन् ।
त्यसपछि सांसदहरुले विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा भाग लिनेछन् । सरकारले आज देखि प्रि–बजेट छलफल र जेष्ठ २ मा सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने तयारी गरेको छ ।
संविधानतः जेठ १५ मा भने आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुपर्ने हुन्छ । नेकपाभित्रको आन्तरिक पार्टी किचलो कतै बजेट र सरकारको नीति तथा कार्यक्रममा पर्ने त छैन भन्ने विषयमा शंका उत्पन्न भईरहेका बेला आजबाट प्रि–बजेट छलफल शुरु हुन लागेको हो । यसमा तीन दिनसम्म छलफल हुनेछ ।
नीति तथा कार्यक्रमपछि प्रिबजेट छलफल गर्नु उपयुक्त हुने भएपनि बजेट जेठ १५ मा पेश गर्नैपर्ने चापका कारण आजबाटै प्रि–बजेट छलफल हुन लागेको हो । त्यसमा छलफलमा उठेका जिज्ञासाको जवाफ दिने क्रम सकिएपछि जेठ १३ गते आर्थिक सर्वेक्षण प्रस्तुत हुनेछ भने १५ गते आर्थिक वर्ष २०७७÷७८ को बजेट पेश हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ बैशाख २०७७, ०९ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षासहित चारवटा समितिका बैठक बस्दै
सामाजिक सञ्जालमा महिला सांसदबारे भइरहेको प्रचारप्रति संसदमा आपत्ति
सभामुखको आचरणबारे उठेको विषयमा संसदमा ध्यानाकर्षण
अर्थसहित पाँचवटा समितिको बैठक बस्दै
सभामुखबाटै प्रतिनिधिसभा नियमावलीको पालना नभएको विपक्षीको आरोप
सरकार र सभामुखको भूमिकामाथि नेकपाको प्रश्न