काठमाडौँ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसका कुल विद्यार्थीको सरदर २५ प्रतिशतले मात्र अनलाइन माध्यमबाट कक्षा लिइरहेको पाइएको छ ।
कोरोना भाइरस (कोभिड–१९) विरुद्ध बन्दाबन्दीमा पठनपाठन नियमित बनाउन त्रिविले विद्युतीय माध्यमबाट गरिने कक्षा सञ्चालनसम्बन्धी निर्देशिका हालै जारी गरेको थियो । सो निर्देशिकाअनुसार करिब सात सय सामुदायिक क्याम्पसमध्ये मुस्किलले ४५ वटाले मात्र अनलाइन माध्यमबाट पठनपाठनलाई निरन्तरता दिएका छन् ।
नेपाल पब्लिक क्याम्पस सङ्घका अध्यक्ष शिवराज सञ्जेलले त्रिविले आफूहरूसँग परामर्श नगरी एकै पटक अनलाइन विधिबाट अध्यापन गर्नुपर्ने व्यवस्था गरेको गुनासो गर्दै भन्नुभयो, “सबैको पहुँचमा इन्टरनेट छ, छैन ? सबैले अनलाइनबाट अध्यापन गर्न सक्छन् वा सक्दैनन् ?” बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसका प्रमुख डा. ताराप्रसाद उपाध्यायले अनलाइनबाट अध्यापन गर्न पाठ्यक्रम पनि सोहीअनुरूपको विकास गर्नुपर्ने भन्दै थप्नुभयो, “अनलाइनबाट अध्यापन गर्न शैक्षिक सामग्रीको ई–कपी पनि हुनुपर्छ । त्यो विकास गरिएकै छैन । गोरखापत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २८ बैशाख २०७७, ०६ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै
नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता
त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहको भर्ना खुल्यो
त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द
त्रिविको वार्षिक साधारण सभाबाट ६३ औँ ग्रेस लिष्ट पारित
यो वर्ष त्रिविबाट ग्राजुएट हुँदै ९० हजार विद्यार्थी