काठमाडौं । प्रतिपक्षी दल जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।
बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले जीर्ण शरीरलाई आराम दिन प्रधानमन्त्री ओलीलाई आग्रह गरे ।
त्यस्तै उनले सरकारले विदेशमा भएका नेपालीहरुलाई नआउन भनेको तर उनीहरु समस्यामा पर्न थालेको उनले सुनाए ।
भारतको गोवामा सरकारले नेपालीहरुलाई ‘घर जाऊ’ भनेको सुनाउँदै उनले अघि भने, ‘हाम्रो सरकारले ठोस निर्णय गर्न सकेको छैन । नेपालीहरु अलपत्र परेका छन् ।’
‘अहिले एउटा भिडियो भाइरल भएको छ, यसबाट पनि हाम्रो आत्मा पग्लिएन । आँखाबाट आँसु आएन भने हामीले आफैंलाई सोध्नुपर्छ, हामी मानव हौं कि होइनौं ?’
भट्टराईले उल्लेख गरेको भिडियो भारतको क्वारेन्टाइनमा राखिएका नेपालीहरुमाथि भएको हप्कीदप्कीको हो । उक्त भिडियोमा भारतीय अधिकारीहरुले नेपालीहरुलाई हामीले बोलाएर आएको हो ? तिमी आफैं आएका हौं । तिमीलाई हामी कसरी पाल्न सक्छौं ? जहाँ जान्छौ जाऊ भनिएको छ । तर नेपालीहरुले हात जोडेर म कहाँ जाऊँ ? बस्न देऊ भनिरहेका छन् ।
भट्टराईले भने, ‘नेपालीहरुको यस्तो अवस्थामा सब ठीकठाक छ भनेर बस्न मिल्छ ?’
साथै उनले एसईई लिन आवश्यकता नै नभएको बताए । भट्टराईले तत्काल एसईई लिन संभव पनि नभएको र लिन आवश्यक समेत नरहेको बताए ।
उनले भने, 'यसैपनि हाम्रो माध्यमिक शिक्षा १२ सम्म हो । १२ कक्षाको अन्तमा परीक्षा हुन्छ। १० कक्षाको अन्तिममा लिइने परीक्षा लिन आवश्यकतै छैन । विद्यालयलाई आन्तिरक रूपमा नै मूल्यांकन गर्न भने हुन्छ ।'
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ बैशाख २०७७, १८ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१०० दिनको समीक्षा गर्दै बाबुराम भट्टराईले भने : ‘नयाँ सरकारलाई केही समय दिन उपयुक्त
रास्वपाले प्रदेशसभा खारेज गर्ने प्रस्ताव गरेको हो भने त्यो ठुलो भूल हुनेछ : डा भट्टराई
लामिछानेको दिल्ली भ्रमण कूटनीति दुष्चक्र तोड्न सफल होस् : बाबुराम भट्टराई
नयाँ सरकारसँग जनताको ठुलो अपेक्षा छ, नेतृत्वको ध्यान पुगोस्: डा. भट्टराई
‘बुढीगण्डकी आयोजना अघि बढाउने पहल सकारात्मक’ : डा. बाबुराम भट्टराई
रास्वपा सरकारले बुढीगण्डकी आयोजनालाई पुनः अघि बढाउने पहल गर्नु सकारात्मक : भट्टराई