काठमाडौं । स्थायी समिति बैठकको बोलाउनु पर्ने भन्दै चर्को लविङ गर्दै आएका नेकपाका २० स्थायी समिति सदस्यले बिहीबार साँझ नेकपा कार्यकारी अध्यक्ष प्रचण्डलाई भेटेका छन् ।
बिहीबार दिउँसो पार्टीका कार्यालय धुम्बाराहीमा बैठक बसेका उनीहरुले बिहीबार साँझ प्रचण्डलाई भेटेर स्थायी समिति बैठक बोलाउन दवाव दिएका हुन् ।
खुमलटारस्थित प्रचण्ड निवास पुगेका उनीहरुले पार्टीको आन्तरिक राजनीतिमा गम्भीर समीक्षा जरुरी रहेको भन्दै तत्काल स्थायी समिति बैठक बोलाउन माग गरेका थिए । जवाफमा प्रचण्डले पनि आफू बैठकको पक्षमा रहेको भन्दै यसबारे गम्भीर रहेको बताउँदै अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेर बैठक बोलाउने आश्वासन दिएको भेटमा सहभागी एक नेताले जानकारी दिए ।
भेटका क्रममा प्रचण्डले शुक्रबार नै ओलीसँग छलफल हुन लागेको भन्दै यसबारे गम्भीरताका साथ छलफल हुने समेत बताएको ती नेताको भनाइ छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ बैशाख २०७७, २१ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार संविधान र संघीय व्यवस्थाविरुद्ध उन्मुख छ: प्रचण्ड
मुलुकले सुगौली सन्धि यता यति ठूलो चुनौती सामना गर्नुपरेको थिएन: प्रचण्ड
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड