काठमाडौं । स्थायी समिति बैठकको बोलाउनु पर्ने भन्दै चर्को लविङ गर्दै आएका नेकपाका २० स्थायी समिति सदस्यले बिहीबार साँझ नेकपा कार्यकारी अध्यक्ष प्रचण्डलाई भेटेका छन् ।
बिहीबार दिउँसो पार्टीका कार्यालय धुम्बाराहीमा बैठक बसेका उनीहरुले बिहीबार साँझ प्रचण्डलाई भेटेर स्थायी समिति बैठक बोलाउन दवाव दिएका हुन् ।
खुमलटारस्थित प्रचण्ड निवास पुगेका उनीहरुले पार्टीको आन्तरिक राजनीतिमा गम्भीर समीक्षा जरुरी रहेको भन्दै तत्काल स्थायी समिति बैठक बोलाउन माग गरेका थिए । जवाफमा प्रचण्डले पनि आफू बैठकको पक्षमा रहेको भन्दै यसबारे गम्भीर रहेको बताउँदै अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेर बैठक बोलाउने आश्वासन दिएको भेटमा सहभागी एक नेताले जानकारी दिए ।
भेटका क्रममा प्रचण्डले शुक्रबार नै ओलीसँग छलफल हुन लागेको भन्दै यसबारे गम्भीरताका साथ छलफल हुने समेत बताएको ती नेताको भनाइ छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ बैशाख २०७७, २१ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: प्रचण्ड
एमाले महाधिवेशनमा प्रचण्ड-माधव नजाने
पर्वतहरू प्रकृतिका अमूल्य धरोहर : प्रचण्ड
मुलुकको संकट अझै टरेको छैन: प्रचण्ड
सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र लोकतान्त्रिक बन्न सक्दैन : प्रचण्ड
२०४६ यता उच्च पदमा पुगेका सबैको सम्पत्ति छानबिन गर्न ‘प्रचण्ड’को माग