सरकारको अनुमतिसंगै शेयर कारोबार आईतबारबाट शुरु हुने

कारोबार एक तिहाई कर्मचारीबाट काम चलाउनुपर्ने

विहीबार, २५ बैशाख २०७७, ११ : २६
सरकारको अनुमतिसंगै शेयर कारोबार आईतबारबाट  शुरु हुने

काठमाडौं । लकडाउनका कारण लामो समय देखि बन्द रहेको धितोपत्र बजार (शेयर)  कारोबार शुरु हुने भएको छ । सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि थप गरेको लकडाउन केही खुकुलो बनाएसंगै आईतबार देखि धितोपत्र बजार खोल्न लागिएको हो । 

सरकारले धितोपत्र बजार कारोबार शुरु गर्न भनिएपनि एकतिहाई कर्मचारीबाट मात्र धितोपत्र बजार कारोबार शुरु हुने भएको छ ।  । यसको लागि भने धितोपत्र कार्यालयहरुले एकतिहाई कर्मचारीबाट मात्र काम चलाउनुपर्नेसंगै सामाजिक दुरी कायम राख्नुपर्ने छ । सरकारले लकडाउन अवधि भरि यि निमयहरु पुरा गर्न आग्रह गरेको छ । 

सरकारले कोरोना भाइरस नियन्त्रणका लागि अपनाएको लकडाउनसँगै चैतदेखि सेयर कारोबार बन्द छ । धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले यसअघि नै सरकारले सहज बनाए सेयर कारोबार खुल्ला गर्ने बताएका थिए ।

स्टक ब्रोकर एशोसियनका अध्यक्ष भरत रानाभाटले सरकारले भने अनुसार एकतिहाई कर्मचारीबाट कार्यालय संचालन गर्न सकिने र यसको लागि कार्यालय आउनको लागि आवश्यक पासको व्यवस्था सरकारले गरिदिनुपर्नेमा जोड दिएका छन् ।