एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको महामारी अमेरिकामाथि भएको इतिहासकै ‘खराब आक्रमण’ रहेको बताएका छन् । उनले यसका लागि चीन जिम्मेवार रहेको आरोप लगाउँदै अहिलेको महामारी सन् १९४१ को डिसेम्बर ७ मा जापानी सेनाले अमेरिकाको पर्ल हार्बरमा गरेको आक्रमण भन्दा पनि भयानक रहेको बताए । पर्ल हार्बरमा भएको आक्रमणपछि अमेरिका औपचारिक रुपमा दोस्रो विश्वयुद्धमा प्रवेश गरेको थियो।
कोरोना भाइरसको महामारीले अमेरिकालाई पर्ल हार्बरमा जापानले प्रहार गरेका बमहरुले भन्दा पनि गम्भीर रुपमा हिर्काएको बताएका छन् । यस्तै अहिलेको महामारी सन् २००१ को सेप्टेम्बर ११ को आतंककारी आक्रमण भन्दा पनि भयानक रहेको ट्रम्पले बताएका छन् । चीनले कोरोना भाइरसको सुरुमै नियन्त्रण गर्न नसकेको र त्यसको जानकारी पनि विश्वकालाई नदिएकाले अहिलेको अवस्था आएको आरोप लगाउँदै ट्रम्पले उसलाई सजाय दिने बताएका छन् ।
तर चीनले भने महामारीको नियन्त्रणमा पर्याप्त काम गर्न नसकेको ट्रम्प प्रशासनले आफ्नो कमजोरी लुकाउन सर्वसाधारणको ध्यान विचलित गर्न चाहेको बताउँदै आएको छ । चीनको वुहानबाट गएको डिसेम्बरमा सुरु भएको कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा हालसम्म ७३ हजार भन्दा बढीको मृत्यु भएको छ ।
यस्तै अमेरिकामा संक्रमितको संख्या पनि १२ लाख २७ हजार भन्दा बढी पुगेको जोन हप्किन्स विश्वविद्यालयलको कोरोना भाइरस स्रोत केन्द्रले जनाएको छ । ओभल अफिस ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने, ‘हाम्रो देशमाथि भएको अहिलेसम्मकै ठूलो आक्रमणबाट हामी गुज्रिएका छौँ, यो अहिलेसम्मकै ठूलो आक्रमण हो । यो कहिले हुन हुँदैनथ्यो । यसलाई उद्गम थलोमै रोक्न सकिन्थ्यो । चीनमा सीमित गर्न सकिन्थ्यो । तर त्यस्तो हुन सकेन ।’
पत्रकारले त्यसपछि कोरोना भाइरसको महामारीलाई उनले वास्तविक युद्धकै कार्य जस्तो रुपमा लिएको हो भनेर ट्रम्पलाई सोधेका थिए । त्यसको जवाफमा उनले, ‘म यो अदृश्य शत्रु (कोरोना भाइरस) लाई युद्धका रुपमा लिन्छु । मलाई यो भाइरस यहासम्म जसरी आयो त्यो मन परेको छैन, किनकी यसलाई रोक्न सकिन्थ्यो, तर त्यस्तो भएन । म अदृश्य शत्रुलाई युद्धका रुपमा लिन्छु ।’
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
क्यानाडाली सामानमा १० प्रतिशत कर वृद्धि ट्रम्पको घोषणा
ट्रम्पद्वारा क्यानाडासँगको सबै व्यापार वार्ता तत्काल समाप्त
ह्वाइट हाउसमा ट्रम्पले बाले दियो, मनाए दिपावली
ट्रम्प र पुटिनबीच टेलिफोन वार्ता, ‘ठूलो प्रगति’ भएको ट्रम्पको भनाइ
रुसी तेल नकिन्न मोदी सहमत भएको ट्रम्पको दाबी
इजिप्टमा ट्रम्पले गरे गाजा शान्ति योजनामा हस्ताक्षर