एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको तेल नियन्त्रणमा लिन सक्ने र त्यहाँको प्रमुख इन्धन केन्द्र ‘खार्ग टापु’ कब्जा गर्न सकिने बताएका छन् ।
‘फाइनान्सियल टाइम्स’ सँगको कुराकानीमा ट्रम्पले इरानको तेल आफ्नो नियन्त्रणमा लिनु आफ्नो मुख्य चाहना रहेको बताएका हुन् । “साँच्चै भन्ने हो भने, इरानको तेल नियन्त्रणमा लिनु मेरो प्रिय विषय हो ।”
ट्रम्पले तेल नियन्त्रणमा लिनुको अर्थ खार्ग टापु कब्जा गर्नु पनि हुन सक्ने संकेत गरे । “हुनसक्छ हामी खार्ग टापु लिन्छौँ, हुनसक्छ लिँदैनौँ । हामीसँग धेरै विकल्प छन्,” उनले अगाडि थपे, “यसको अर्थ हामीले केही समय त्यहाँ (खार्ग टापु) बस्नुपर्ने पनि हुन सक्छ ।”
उक्त टापुको रक्षा प्रणालीबारे सोधिएको प्रश्नमा उनले इरानी सैन्य प्रतिरक्षा बलियो नभएको दाबी गरे । “मलाई लाग्दैन उनीहरूसँग कुनै प्रतिरक्षा संयन्त्र छ । हामीले त्यसलाई निकै सजिलै कब्जा गर्न सक्छौँ,” ट्रम्पले भने ।
मध्यपूर्वमा थप ३ हजार ५ सय अमेरिकी सैनिक आइपुगेकै समयमा राष्ट्रपतिको यस्तो टिप्पणी सार्वजनिक भएको हो । यस क्षेत्रमा बढ्दो तनावका कारण अमेरिकी सेनामाथि इरानी आक्रमण हुन सक्ने त्रास बढेको छ ।
यद्यपि, ट्रम्पले पाकिस्तानका ‘दूतहरू’ मार्फत अमेरिका र इरानबीच भइरहेको अप्रत्यक्ष वार्ता सकारात्मक रूपमा अघि बढिरहेको बताएका छन् । तर, तत्कालै युद्धविरामको सम्झौता हुने/नहुनेबारे भने उनले कुनै टिप्पणी गर्न चाहेनन् । उनले भने, “सम्झौता निकै छिट्टै हुन सक्छ ।”
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १६ चैत्र २०८२, ०७ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्प र सीबीच बेइजिङमा वार्ता
ईरानसँगको युद्ध अन्त्य गर्न चीनको सहायता चाहिँदैन : ट्रम्प
ट्रम्पको घोषणासँगै तेलको मूल्यमा गिरावट
इरानको शान्ति प्रस्तावप्रति राष्ट्रपति ट्रम्पको शंका, सम्भावित सैन्य कारबाहीको संकेत
को हुन् ट्रम्प सहभागी कार्यक्रममा गोली चलाउने पुरुष ?
इरानसँगको युद्धविराम अवधि लम्ब्याउने ट्रम्पको घोषणा, नाकाबन्दी कायमै