नारायणकाजी निवासमा किन पुगे दाहाल, नेपाल र खनाल ?

सफल खबर संवाददाता

मंगलबार, २३ बैशाख २०७७, ०९ : २९
नारायणकाजी निवासमा किन पुगे दाहाल, नेपाल र खनाल ?

काठमाडौं । सोमबार बिहान ९ बजे । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठको हात्तिवनस्थित निवासमा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्दय झलनाथ खनाल र माधव नेपाल एक पछि अर्को गर्दै पुगे । प्रधानमन्त्री केपी ओलीको कार्यशैली, प्रवृति र पार्टी र सरकार सञ्चालन शैलीमा असहमत रहदै आएका यी चार नेताको त्यसपछि त्यहाँ खाजा नास्ता सहित झण्डै दुई घण्टा छलफल भयो ।

श्रेष्ठ निवासमा चार नेताको जमघट किन भयो रु यस विषयमा नेताहरुले खास केही त बताएका छैनन् । तर जति बताएका छन्, त्यो भनेको गत शनिबार सचिवालयमा जुटेको समझदारी व्यवहारतः कसरी कार्यान्वयन हुन्छ भन्नेमा नेताहरुका बीचमा छलफल चलेको थियो । अबको सचिवालय हुदै स्थायी समितिमा जाने प्रस्ताव अध्यक्ष प्रचण्डले महासचिव विष्णु पौडेलको सहयोगमा तयार पार्दैछन । त्यसमा प्रधानमन्त्रीको पनि सहमति आवश्यक छ ।

त्यो प्रस्तावमा एक व्यक्ति, एक मुख्य जिम्मेवारी, मुख्यमन्त्रीहरू हेरफेर, मन्त्रिपरिषद् फेरबदललगायतका विषयमा दुई अध्यक्षबीच जुटेको सहमति अक्षरशः पालना गर्नुपर्ने विषय देखि स्थायी कमिटी सदस्यहरूले खुलेर छलफल गर्न चाहेको कारण उनीहरूको मुख बन्द गर्ने गरी राजनीतिक प्रतिवेदन तयार नपार्न प्रचण्डलाई नेपाल, खनाल र श्रेष्ठले सुझाव दिएका थिए ।

प्रचण्डले पनि स्थायी कमिटी सदस्यहरूको माग सम्बोधन हुने गरी नै प्रतिवेदन तयार पार्ने र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएका मौखिक सहमतिलाई लिपिबद्ध गर्ने बताएको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन् ।  ओलीसँग दाहालले २० वैशाखको सचिवालय अगाडी एक व्यक्ति एक मुख्य जिम्मेवारी, मुख्यमन्त्रीहरू हेरफेर, संवैधानिक आयोगहरू र राजदूतलगायतको नियुक्तिमा बाँडफाँटलगायतका विषयमा सहमति जनाएका थिए ।

त्यही विषय सचिवालय बैठकमा ओलीले आत्मआलोचनासहित सुध्रेर जाने प्रतिबद्धता जनाएका थिए । तर त्यो प्रतिबद्धता ब्यवहारमा कार्यान्वयन कत्तिको हुन्छ रु भन्दै प्रचण्डसँग नेताहरुले जावाफ खोज्न चाहेका थिए । प्रचण्डले प्रस्ताव तयार पार्नु अगाडी सबै सचिवालय सदस्यहरुसँग छलफल गर्न चाहेकाले सोमबार श्रेष्ठको निवासमा छलफल भएको हो ।

प्रवक्ता श्रेष्ठले भने प्रचण्ड, नेपाल र खनाल सहितको आफ्नो छलफल पछि सामाजिक सन्जालमा लेखेका छन्, –‘अस्तिको सचिवालयको निश्कर्षबाट बिचलनले पार्टीमा पुनःसङ्कट ल्याउनेछ । अतअन्यथा हुनै सक्दैन, गर्नै मिल्दै न । पार्टी एकताको रक्षा,  बिधि पद्दतिको पालना, पार्टीद्वारा सरकार सञ्चालन, सरकारबाट समाजवादउन्मुख समृद्दिको काम र त्यसको लागि आत्मालोचना सहित नयाँ शिराबाट काम गर्ने सँकल्प–यो हो निश्कर्ष ।’

प्रतिक्रिया दिनुहोस