काठमाडौं । सीमाक्षेत्रमा कडाइ गरिए पनि लुकीछिपी भारतबाट नेपाल छिर्ने प्रवृत्ति नरोकिएपछि प्रदेश ५ मा कोरोनाको जोखिम देखिएको छ । भारत र नेपाल दुवैतिर बन्दाबन्दी रहे पनि झन्डै चार सय किलोमिटर खुला सिमाना रहेको यो प्रदेशमा विभिन्न बहानामा भारतबाट नेपाल छिरिरहेका घटना सार्वजनिक भएका छन् । प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले यस्तो प्रवृत्ति रोक्न प्रदेश सरकार कडाइसाथ अघि बढेको बताउनुभयो । उहाँको भनाइअनुसार, यसबारे सीमाक्षेत्रका पालिका र सुरक्षा निकायका प्रमुखहरूसँग नियमित सम्पर्क र समन्वय भइरहेको छ ।
गाई–बाख्रा चराउने बहानामा प्रवेश
भैरहवा समाचारदाताका अनुसार नेपाल–भारत सीमा सिल गरिए पनि अझै लुकीछिपी नेपाल आउनेक्रम रोकिएको छैन । रूपन्देही जिल्लास्थित नेपाल–भारतको खुला सीमानाकामा रोहिणी, डन्डा, कोठी, दानव नदी तरेर तथा गाई(बाख्रा चराउने बहानामा मानिस नेपाल प्रवेश गरेको पाइएको छ ।
गत बुधबारमात्रै भारतबाट लुकीछिपी नेपाल प्रवेश गरेका एक युवालाई गाउँलेले गैँडहवा एकान्तवास (क्वारेन्टाइन)मा पु¥याएको गैँडहवा गाउँपालिकाका स्वास्थ्य सीमानाकामा सुरक्षा सतर्कता बढाउँदाबढाउँदै पनि अपवादका रूपमा केही व्यक्ति नेपाल प्रवेश गरेको सशस्त्र प्रहरी नम्बर २७ गणका प्रहरी नायव उपरीक्षक निरंकार शुक्लाले बताउनुभयो । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २१ बैशाख २०७७, ०७ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्ड, माधव र शेखरबीच विराटनगरमा भेट
ओमानमा नेपाल-ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना
नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’को सूचीमा कायमै
थाइल्यान्डसँग पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो
एसीसी महिला प्रिमियर कप : थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती
ओमानलाई आठ विकेटले हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा