लकडाउनले दुर्घटना दर ह्वात्तै घट्दो

रासस

शनिबार, २० बैशाख २०७७, १० : २८
लकडाउनले दुर्घटना दर ह्वात्तै घट्दो

फाईल फोटो

काठमाडौं । प्रदेश नं ५ मा बन्दाबन्दी शुरु भएपछि दुर्घटनाको दर हवात्तै घटेको छ । सडकमा टिपर तथा माइक्रो बस हिँडन छाडेपछि दुर्घटना दर घटेको ट्राफिक प्रहरीले जनाएको छ ।  यसअघि दैनिकजसो हुने सवारी दुर्घटनामा मानिसको मृत्यु र घाइते हुने क्रम वढी थियो । 

गत आर्थिक वर्ष २०७५÷०७६ को चैतमा यस प्रदेशमा ८१  सवारी दुर्घटना हुँदा ५४ को मृत्यु, ८०  गम्भीर घाइते र ६० सामान्य घाइते भएका थिए । चालु आव २०७६÷०७७ को चैतमा ५२ सवारी दुर्घटना भएका छन् भने यसबाट २१ को मृत्यु, ५० गम्भीर घाइते र १३  सामान्य घाइते भएको प्रदेश नं ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरिक्षक मधुसूदन लुइँटेलले जानकारी दिनुभयो । 
गत आवको २०७५÷०७६  वैशाखमा ९०  सवारी दुर्घटना हुँदा ५८ को मृत्यु, ६३  गम्भीर घाइते र ४३ सामान्य घाइते भएकामा । चालु आव २०७६÷०७७  वैशाखको अहिलेसम्म २१  सवारी साधनमा  चारको मृत्यु, सात गम्भीर घाइते र नौ सामान्य घाइते भएको प्रदेश नं  ५ ट्राफिक प्रहरी कार्यालय वुटवलले जनाएको छ ।

गत आव २०७५÷०७६  वैशाखसम्मको १० महिनामा यस प्रदेशमा सवारी दुर्घटना ८६८ भएका थिए भने मृत्यु हुनेको सङ्ख्या ४९६  र गम्भीर घाइते ७८५ र सामान्य घाइते ५८६ भएकामा चालु आवमा २०७६÷०७७ मा मृत्युदर केही घटेको छ । चालु आवको वैशाखसम्मको १० महिनामा सवारी दुर्घटना ८५८ भएकामा मृत्यृ हुने ३९२, गम्भीरर घाइते ८३४ र सामान्य घाइते ४३२ रहेको प्रदेश नं ५ ट्राफिक प्रहरी कार्यालय बुटवल सूचना शाखाले जनाएको छ ।

बन्दाबन्दीसँगै प्रदेश नंं ५ मा  ट्रक पाँच हजार ८१८, बस ८८७, जिपकार पाँच हजार २२१, ट्रयाक्टर १९, मोटरसाइकल दुई हजार ५३०, अटो दुई र अन्य एक गरी १४ हजार ४७८  मालवाहक तथा सवारी साधन सञ्चालनमा आएको ट्राफिक प्रहरीको तथ्याङ्कमा देखिएको छ ।  ती साधनमा  ३६ हजार ९४३ मानिसले आवतजावत गरेका छन् ।