चितवन । कोरोनाको संन्त्राससंगै यसको रोकथाम र सतर्कता अपनाउन सरकारले गरेको लकडाउनमा युवाहरुलाई बौद्धिक कार्यहरुमा संग्लन गराउने उदेश्यले ‘गोलकल आफटर स्कुल’ संस्थाले ५ दिने अनलाईन राष्ट्रिय हाजिरीजबाफ प्रतियोगिता सम्पन्न गरेको छ।
यही बैशाख १२ गते देखि संचालन भएको उक्त प्रतियोगितामा देशभरका युवायुवतीहरु सहभागी भएका थिए। विभिन्न चार चरणमा गरिएको उक्त प्रतियोगितामा लमजुङकी पल्लवी श्रेष्ठले प्रथम स्थान हासिल गरिन् भने दोश्रो र तेश्रो स्थानमा क्रमशः नकुल रेग्मी र इश्वर केसी घोषित भएका छन् ।
प्रथम स्थान हासिल गरेसंगै पल्लवीलले नगद ३० हजार, दोश्रो र तेश्रो स्थानमा रहने नकुल र इश्वरले २० र १० हजार नगद प्राप्त गरेका छन् । विजेताहरुलाई नबिल बैंक र ईसेवाले पुरस्कार रकम उपलब्ध गराएको थियो । कृषि तथा वनबिश्वविद्यालय रामपुर, चितवनमा बिएससी एजीमा प्रथम हुन सफल अध्यनरत श्रेष्ठले लकडाउनको समयमा पनि राष्ट्रिय स्तरको यो प्रतियोगिता गरेकोमा र सहभागी हुन पाएको अनुभव निकै सुखद अनुभुति भएको बताईन् ।
आफुले पहिले देखि नै विभिन्न हाजिरजबाफ प्रतियोगिताहरुमा पनि सहभागी हुदै आएको बताउदै श्रेष्ठले यस्तो सिर्जनात्मक कार्यक्रम आयोजना गरेकाले अयोजकलाई धन्यबाद पनि दिन चाहन्छु । चिकित्साशास्त्र, ईन्जिनियरिङ्ग, आईटि, व्यवस्थापन, कृषि लगायत विभिन्न विषय र क्षेत्रका विद्यार्थी तथ युवाहरु प्रतियोगितामा सहभागी थिए।
प्रतिक्रिया दिनुहोस