उद्योग मन्त्री लेखराज भट्टले गरे ‘क्याम्प चेन्ज’

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री भट्टले ओली निकट सांसदहरुको भेलामा गएर भने,–‘प्रधानमन्त्रीलाई पार्टीकै नेताहरुले असहयोग गरे, म सघाउन आएको छु ।’

मंगलबार, १६ बैशाख २०७७, ०८ : ०९
उद्योग मन्त्री लेखराज भट्टले गरे ‘क्याम्प चेन्ज’

काठमाडौं । सत्तारुढ दल नेकपामा नेताहरुकै बीचमा धुव्रिकरण तिव्र हुदै जादा नेताहरुले पार्टीभित्रका आफना क्याम्प पनि हेरफेर गर्न थालेका छन् । यसको पहिलो पङक्तिमा देखिएका छन्, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट । सुदुरपश्चिम प्रदेशका नेता भट्ट पूर्व माओवादी धारका नेता हुन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड  र प्रधानमन्त्री केपी ओली बीचको अन्तरविरोध चर्किदै जादा भट्ट प्रचण्ड क्याम्प छोडेर ओली क्याम्पमा गएका हुन् ।

पूर्व एमाले धारका कतिपय नेताहरु प्रचण्ड क्याम्पमा आईरहदा भट्ट भने ओली क्याम्पमा गएका हुन् । प्रधानमन्त्री ओलीले माधव नेपाल फकाउन गरेको प्रयास निरर्थक हुदै जान थालेपछि अहिले संसदीय दलमा आफु बहुमतमा रहेर प्रचण्ड र माधव नेपाललाई चुनौति दिन खोजिरहेका बेला सांसद समेत रहेका लेखराज भट्टले आफनो पूर्ववर्ती धारका नेताहरुको समुह छोडेर ओली समुहमा गएका हुन् । ओलीले आफु निकट झण्डै २५ जना सांसदहरुसगँ बालुवाटारमा सोमबार राती आयोजना गरेको छलफलमा लेखराज भट्ट सहभागी थिए ।

ओलीले पार्टीमा आफुले मिल्न प्रस्ताव गरिरहेपनि प्रचण्ड र नेपाल मिल्न नचाहेको र आवश्यक पर्दा अब संसदीय दलमा बहुमत देखाएर नेताहरुलाई जवाफ दिने भनी ब्रिफिङ गरेको ओली समुहको छलफलमा लेखराज भट्ट सहभागी भएका हुन्  । लेखराज त्यहाँ सहभागी मात्र भएनन्, उनले त्यहाँ आफु ओली समुहमा नयाँ सदस्यका रुपमा आएको पनि घोषणा गरेका थिए । उनी मंसिर ४ बाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री भएका थिए । पूर्व माओवादी धारको कोटाबाट उनले मन्त्रीका्े जिम्मेवारी पाएका हुन् ।

ओलीले अहिले आफुसँग ७५ देखि ७८ जना सांसदहरु रहेको र केही माओवादी धारका नेताहरुलाई पनि आफनो पक्षमा पारिसकेकोले प्रष्ट संसदीय दलमा बहुमत रहेको जनाउ आफु निकट नेताहरुलाई दिईरहेका बेला लेखराज भट्ट ओली निकट सांसदहरुको भेलामा सहभागी भएका हुन् । उनले भने आफु प्रधानमन्त्रीलाई भेटन गएको र प्रधानमन्त्रीलाई आफुले सहयोग गर्ने वचन दिएको बताए । ‘म प्रधानमन्त्री भेट्न गएको हुँ, अहिले प्रधानमन्त्रीलाई सहयोग सबैले गर्नुपर्छ, अहिले सरकार हेरफेर गर्ने कुरा ठिक हुन्न, पार्टी नेताहरुले पनि सहयोग गर्नुपर्छ, अध्यादेश फिर्ता भएपछि यही विषयलाई धेरै उचालिरहनु हुन्न भन्ने मेरो मत हो,’ लेखराज भट्टले सफलखबरसँग भने ।  

उनले प्रधानमन्त्रीले बोलाएको आफु निकट सांसदहरुको भेलामा पार्टीका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालले प्रधानमन्त्रीलाई सरकार सञ्चालनमा समेत असहयोग गरिरहेको बताएका थिए । आफुले प्रधानमन्त्रीलाई सहयोग गर्दा मन्त्री पद त्याग्न कसैले भन्छन भने त्यो गर्न पनि तयार रहेको भन्दै उनले अहिले पार्टीभित्र अनावश्यक विवाद झिक्न नहुने र प्रधानमन्त्रीलाइ आफु फकर पृष्ठभूमि र फकर धारको समुहबाट आएको भएपनि प्रधानमन्त्रीलाई खुलेर समर्थन गर्ने धारणा भेलामा ब्यक्त गरेको सहभागी एक नेताले बताएका छन् ।
 

प्रतिक्रिया दिनुहोस