एजेन्सी । विश्वव्यापी रुपमा फैलिएको कोरोनाको महामारी भारतमा पनि भयावह रुपमा दिन प्रति दिन फैलिदै गएको छ । लकडाउन जारी रहने पनि संक्रमितको संख्या भने निरन्तर उकालो लाग्दै गएको छ । भारतिय संचारमाध्यमका अनुसार गत २४ घँटामा मात्रै १ हजार ६ सय ७ जना नयाँ संक्रमित थपिँएका छन् भने ५६ जनाले ज्यान गुमाएका छन् ।
यो सँगै भारतमा कुल संक्रमितको संख्या २७ हजार ८ सय ९० पुगेको छ । भने ८ सय ८१ जनाले ज्यान गुमाएका छन् । भारतमा हालसम्म साढे ६ हजार व्यक्ति उपचारपछि घर फर्किएका छन् । ६ लाख २५ हजार बढी व्यक्तिमा कोरोना परीक्षण गरिएको संचारमाध्यमहरुले उल्लेख गरेको छ ।
दक्षिण एसियाको अर्को बढी कोरोना प्रभावित पाकिस्तानमा संक्रमितको संख्या १३ हजार ३ सय नाघ्दा २ सय ८१ जना जनाले ज्यान गुमाएका छन् । त्यस्तै पाकिस्तानमा आइतबार ६ सय संक्रमित थपिँदा १२ जनाले ज्यान गुमाए । सोमबार बिहानसम्म पाकिस्तानमा झण्डै ३ हजार संक्रमित निको भइसकेका छन् ।
बंगलादेशमा ५ हजार ४ सय, अफगानिस्तान १ हजार ५ सय, श्रीलंकामा ५ सय २३, माल्दिभ्समा २ सय १४, नेपालमा ५२ र भुटानमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा देखिएको कोरोना हालसम्म विश्वका २ सय भन्दा बढी देशमा देखिसकेको छ ।
यो समाचार तयार पार्दा सम्म विश्वभरमा कोरोनाको संक्रमण २९ लाख ९५ हजार बढीमा देखिएको छ भने ८ लाख ७९ हजार व्यक्ति उपचार पछि निको भएका छन । २ लाख ७ हजार संक्रमितको भने ज्यान भएको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
पाँचौँ टेस्टमा भारतको ‘कम ब्याक’
तीन शतकसँगै भारतले जोगायो टेस्ट
नेपाल–भारत कानुनी सहायता सम्झौतामा सहमति, सुपुर्दगी सन्धिमा मतभेद कायमै
भारतले नेपालमा पाँच वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू सञ्चालन गर्ने
९ वर्षपछि दिल्लीमा नेपाल र भारतका गृहसचिवहरूको बैठक बस्दैं
इंग्ल्याण्डविरुद्ध भारत : ६ जना खेलाडी शून्यमा आउट हुँदा बने रोचक रेकर्ड