एजेन्सी । विश्वव्यापी रुपमा फैलिएको कोरोनाको महामारी भारतमा पनि भयावह रुपमा दिन प्रति दिन फैलिदै गएको छ । लकडाउन जारी रहने पनि संक्रमितको संख्या भने निरन्तर उकालो लाग्दै गएको छ । भारतिय संचारमाध्यमका अनुसार गत २४ घँटामा मात्रै १ हजार ६ सय ७ जना नयाँ संक्रमित थपिँएका छन् भने ५६ जनाले ज्यान गुमाएका छन् ।
यो सँगै भारतमा कुल संक्रमितको संख्या २७ हजार ८ सय ९० पुगेको छ । भने ८ सय ८१ जनाले ज्यान गुमाएका छन् । भारतमा हालसम्म साढे ६ हजार व्यक्ति उपचारपछि घर फर्किएका छन् । ६ लाख २५ हजार बढी व्यक्तिमा कोरोना परीक्षण गरिएको संचारमाध्यमहरुले उल्लेख गरेको छ ।
दक्षिण एसियाको अर्को बढी कोरोना प्रभावित पाकिस्तानमा संक्रमितको संख्या १३ हजार ३ सय नाघ्दा २ सय ८१ जना जनाले ज्यान गुमाएका छन् । त्यस्तै पाकिस्तानमा आइतबार ६ सय संक्रमित थपिँदा १२ जनाले ज्यान गुमाए । सोमबार बिहानसम्म पाकिस्तानमा झण्डै ३ हजार संक्रमित निको भइसकेका छन् ।
बंगलादेशमा ५ हजार ४ सय, अफगानिस्तान १ हजार ५ सय, श्रीलंकामा ५ सय २३, माल्दिभ्समा २ सय १४, नेपालमा ५२ र भुटानमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा देखिएको कोरोना हालसम्म विश्वका २ सय भन्दा बढी देशमा देखिसकेको छ ।
यो समाचार तयार पार्दा सम्म विश्वभरमा कोरोनाको संक्रमण २९ लाख ९५ हजार बढीमा देखिएको छ भने ८ लाख ७९ हजार व्यक्ति उपचार पछि निको भएका छन । २ लाख ७ हजार संक्रमितको भने ज्यान भएको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
भारतको रक्षा बजेटमा १५ प्रतिशत वृद्धि: चीन र पाकिस्तानको चुनौतीबीच सेनालाई आधुनिक बनाउने लक्ष्य
भारतले नेपाललाई ८ सय करोड भारु अनुदान दिने
न्युजिल्यान्डविरुद्धको टी-२० सिरिजमा भारत ४-१ ले विजयी
भारतमाथि न्युजिल्यान्डले निकाल्यो ५० रनको जित
डिजिटल भुक्तानी गर्न सहज हुने वातावरण विस्तार गर्नेबारे नेपाल र भारतका केन्द्रीय बैंकबीच छलफल
इयू र भारत व्यापार सम्झौताको नजिक