चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहले घण्टी बजाएर गरेका छन् ।
चितवनमा आयोजित उद्घाटन समारोहमा सहभागी अतिथिहरूले सामूहिक रूपमा घण्टी बजाएर महाधिवेशनको औपचारिक उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा सभापति लामिछाने र प्रधानमन्त्री शाहसँगै अन्य विशिष्ट अतिथिहरू पनि सहभागी थिए ।
समारोहका क्रममा प्रधानमन्त्री शाहले नेपाली कांग्रेसका सभापति गगन थापालाई घण्टी हस्तान्तरण गर्दा महाधिवेशनस्थलमा उपस्थित प्रतिनिधि तथा सहभागीहरूले गड्गडाहट ताली बजाएर स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ असार २०८३, १५ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा महाधिवेशनमा सुरु भयो उद्घाटन सत्र
रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा
यी हुन् रास्वपा महाधिवेशन प्रतिनिधिहरू (नामावली)
रास्वपा महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
रास्वपा महाधिवेशन: चिकित्सकसहित तीन एम्बुलेन्स तयारी अवस्थामा