धरान । सुनसरीको इटहरी उपमहानगरपालिका-१७ पकलीबाट प्रहरीले ठूलो परिणाममा लागुऔषध ब्राउन सुगरसहित सासू र बुहारीलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले स्थानीय ७० वर्षीया सरातुन खातुन र उनकी २० वर्षीया बुहारी सेविका सरदारलाई लागु औषधसहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार सरातुनको घरमा लागुऔषधको कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले उनको घरमा छापा मारेको थियो ।
जाँच तथा खानतलासीका क्रममा सरातुनले बोकेको कपडाको झोलाभित्र लुकाएर राखेको लागुऔषध फेला परेको हो । झोलाभित्र २१.५० ग्राम ब्राउन सुगर बरामद गरिएको हो । लागु औषधसहित सासूबुहारीलाई इलाका प्रहरी कार्यालय पकलीमा राखेर थप अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको सूचना अधिकारी खड्काले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ असार २०८३, १४ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागु औषधसहित २३ जना पक्राउ
लागु औषधसहित दुई जना पक्राउ
विमानस्थलबाट लागु औषधसहित एक अमेरिकी नागरिक पक्राउ
लागु औषधसहित २१ जना पक्राउ
लागु औषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ
युवकको मलद्वारमा फेला पर्यो ब्राउन सुगर