काठमाडौं । सामाजिक सन्जालमा लेखेको विषयलाई लिएर सर्वसाधारणलाई सताउने प्रहरीले अपहरणसम्बन्धी गम्भीर आरोपको उजुरी दर्ता गर्न इन्कार गरेको छ। आफू अपहरणमा परेको भन्दै आइतबार महानगरीय प्रहरी परिसर काठमाडौं पुगेका सांसद डा. सुरेन्द्र यादवको जाहेरी दर्ता गर्न प्रहरीले इन्कार गरेको हो।
सत्तारुढ नेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धकको मुद्दा दर्ता गर्न यादवसँगै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसहितका नेता महानगरीय प्रहरी परिसर काठमाडौं गएका थिए।
खनाल, श्रेष्ठ र बस्नेतले तत्कालीन समाजवादी पार्टी फुटाउने खेलमा १० वैशाखमा महोत्तरी पुगेर सांसद यादवलाई काठमाडौं ल्याएका थिए। प्रधानमन्त्रीले लिन पठाएको भन्दै उनीहरुले आफूलाई अपहरणशैलीमा जबरजस्ती काठमाडौं ल्याएको यादवको भनाइ छ।
यादवसहितका नेता र प्रहरीबीच तीन घण्टासम्म छलफल भए पनि प्रहरीले अपहरणसम्बन्धी जाहेरी लिन मानेन। दर्ता गर्न इन्कार गरिएको जाहेरीमा खनाल, श्रेष्ठ र बस्नेतमाथि मुलुकी ऐनमा व्यवस्था भएअनुसार कानुनी कारबाही माग गरिएको छ। आइतबारदेखि नै परिसरको जिम्मेवारी समालेका एसएसपी श्यामलाल ज्ञवालीले आफ्नो क्षेत्राधिकारभित्र यो मुद्दा नपर्ने प्रतिक्रिया दिँदै दर्ता गर्न इन्कार गरेका हुन्।
आफू अपहरणमा परेको भन्दै आइतबार महानगरीय प्रहरी परिसर काठमाडौं पुगेका सांसद डा. सुरेन्द्र यादवको जाहेरी दर्ता गर्न प्रहरीले इन्कार गरेको छ।
नेताहरुसँगै जाहेरी दर्ता गराउन पुगेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले प्रहरीले कानुनको धज्जी उडाउने गरी तानाशाही प्रवृत्ति देखाएको बताए। उनीहरूका अनुसार जस्तोसुकै जाहेरी पनि प्रहरीले दर्ता गर्नुपर्ने व्यवस्था कानुनमा छ। तर प्रहरीले सत्ताको आडमा अपहरणसम्बन्धी जाहेरी दर्ता नगरेको आरोपको उनीहरूको छ। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १५ बैशाख २०७७, ०८ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैतडीमा निर्वाचन प्रहरीको मृत्यु
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
एआईको दुरुपयोग रोक्न नेपाल प्रहरीले छुट्टै सेल गठन गर्छः प्रहरी महानिरीक्षक कार्की
सम्पर्कविहीन १७ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
नेपाल प्रहरीका ८ जना डीआईजीको सरुवा
प्रहरीका ११ जना एसएसपीको सरुवा