काठमाडौँ । सरकारले अहिले तोकेको लकडाउनको अवधि वैशाख १५ गते सकिँदै छ। यसपछि लकडाउन कसरी अगाडि बढाउने भन्नेबारे सरकारले स्पष्ट मोडल तयार गरिसकेको छैन।
अब के गर्ने, कसरी लकडाउनलाई अगाडी बढाउने विषयमाउपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड १९ उच्चस्तरीय रोकथाम तथा नियन्त्रण समितिले शनिबार बिहान ११ बजे यसबारे छलफल गर्न बैठक बोलाएको छ।
मन्त्रिपरिषद्को बैठकले शुक्रबार लकडाउनबारे सामान्य छलफल गरे पनि उक्त बैठक मूलतः अध्यादेश खारेजीमा केन्द्रित रहेकाले प्रधानमन्त्री केपी ओलीले यसका लागि पोखरेल नेतृत्वको उच्चस्तरीय समितिलाई जिम्मा लगाएको बुझिएको छ।
कोरोना भाइरस संक्रमितहरुको संख्या ४९ पुगिसकेको र देशका विभिन्न क्षेत्रमा संक्रमितहरु देखिएकाले वैशाख १५ गतेदेखि नै लकडाउन खुकुलो पार्ने सम्भावना न्यून रहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस