काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश खारेज गरेकी छिन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति सो अध्यादेश खारेज गरेकी राष्ट्रपति कार्यालयले जनाएको छ ।
आज शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले यी दुई अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो ।
सरकारले यही वैशाख ८ गते राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेको थियो । ती अध्यादेश सोही दिन राष्ट्रपतिबाट प्रमाणित भएर राजपत्रमा प्रकाशित गरिएको थियो ।
उक्त अध्यादेशको चौतर्फी विरोध भएपछि सरकारले फिर्ता लिएको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
४ वटा अध्यादेश प्रतिस्थापन विधेयक संसद्मा दर्ता
बजेट पारित भएपछि संसद् अधिवेशन अन्त्य गर्ने सरकारको तयारी, अध्यादेशमार्फत शासनको आशंका
अध्यादेशका बिषयमा कानुनमन्त्रीले दिइन् यस्तो प्रष्टीकरण
राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै राजनीतिक नियुक्ति पाएका १ हजार ५९४ पदाधिकारी पदमुक्त
राष्ट्रपति पौडेलद्वारा थप तीन अध्यादेश जारी
राष्ट्रपतिले फेरि जारी गरे अर्को अध्यादेश