कोरोना त्रास

के अब नेपाल कोरोना संक्रमणको तेस्रो चरणमा पुगेकै हो त ?

विहीबार, ११ बैशाख २०७७, १२ : १५
के अब नेपाल कोरोना संक्रमणको तेस्रो चरणमा पुगेकै हो त ?

साङ्केतिक फोटो

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमित ४५ जनामध्ये उदयपुर जिल्लाको भुल्केमा सबैभन्दा बढी २७ जना पाइएका छन् । यसले एउटा प्रश्न जन्माएको छ, के अब नेपाल कोरोना संक्रमणको तेस्रो चरणमा पुगेकै हो त ?

सामान्यतः विदेशबाट आएका व्यक्तिमा मात्र संक्रमण देखिने चरणलाई पहिलो, तिनले आफन्त वा छरछिमेकमा सार्नेलाई दोस्रो र समुदायमा फैलिनेलाई तेस्रो चरण भन्ने गरिन्छ । एकै स्थानमा धेरै सङ्क्रमित पाइएपछि के नेपालमा भाइरस सङ्क्रमणको तेस्रो चरणमा पुगेको हो भन्ने प्रश्न उठेको छ  ।

सङ्क्रमितहरूको विस्तृत जानकारी प्राप्त नहुँदै तेस्रो चरण अर्थात् समुदायस्तरमा रोग फैलिने चरणमा प्रवेश गरेको भन्न नसकिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले बताएका छन् । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका(३ बाट सङ्कलन गरिएका नमुनामा अहिलेसम्म २७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. देवकोटा भन्छन्, सङ्क्रमितहरू स्थानीय बासिन्दा भएपनि उनीहरू कहाँबाट आए, को(कसलाई भेटे, कहिलेबाट सङ्क्रमित भए भन्ने कुरा थाहा नपाइकन तेस्रो चरणमा पुगिसकेको भन्न सकिने अवस्था छैन । अहिले त्यसको पहिचान र विश्लेषणको काम भइरहेको छ ।

प्रवक्ता देवकोटा थप्छन्, यदि तेस्रो चरणमा प्रवेश गरेको भन्ने निर्क्यौल भएमा रणनीतिहरूमा केही परिवर्तन गर्नुपर्ने हुनसक्छ ।

कोरोना केन्द्र बन्दै भुल्के

नेपालमा अहिलेसम्म ९ हजारभन्दा धेरैमा पीसिआर विधिबाट परीक्षण गर्दा ४५ जनामा सङ्क्रमण पुष्टि भएकोमा एकैठाउँमा सबैभन्दा बढी सङ्क्रमित पाइएको उदयपुरको भुल्के क्षेत्र हो।

उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईका अनुसार त्यहाँबाट अहिलेसम्म ३२० जनाको नमुना सङ्कलन गरिएकोमा कतिपयको नतिजा अझै आउन बाँकी छ।

उनले भनेस् ूयसअघि नै लकडाउन जारी रहेपनि प्रदेश सरकारले जिल्ला सील गर्ने निर्णय गरेपछि अत्यावश्यक कामका लागि बाहेक भुल्के क्षेत्रमा आउजाउ ठप्प पारेका छौँ। पीसिआरबाट सङ्क्रमण पुष्टि भएका ठाउँमा फराकिला घेराहरू कायम राखेर नमुना सङ्कलन र कडाइ गरिएको हो।ू

मङ्गलवार पुष्टि भएका सङ्क्रमितहरू सोही ठाउँमा यसअघि भेटिएका मानिसहरूबाट सारेको होरहोइन भन्ने विषयलाई अहिले अध्ययनको आधार बनाइएको बताइएको छ।

त्यो स्पष्ट भइनसकेको अवस्थामा त्यहीँ समेत विभिन्न चरणमा तर आपसमा सम्बन्ध नभएका सङ्क्रमण फैलिएको छ कि भनेर शङ्का गर्ने ठाउँ समेत भएको अधिकारीहरूले बताएका छन् ।

वैशाख ५ गते पुष्टि भएका सङ्क्रमितमा समेत भाइरस कहाँबाट सर्‍यो र तीमध्ये कसले कसलाई सारेका हुन् भन्ने स्पष्ट भइसकेको छैन।

उदयपुरमा सुरुमा त्यहाँको एक मस्जिदमा सङ्क्रमित भएका पुष्टि भएकाहरू चार महिनादेखि नेपालमा रहेको भन्ने विवरण समेत आएका छन्।

यसबीचमा उनीहरू नेपालमा थुप्रै ठाउँमा बसेका हुनाले त्यस अवधिमा भेटेका मानिसहरूको विस्तृत पहिचान गरेर अन्यत्र कतै स्थानीय प्रकोपहरू भएका हुनसक्नेबारे खोज्न आवश्यक रहेको बताइन्छ।

सङ्क्रमणरोग विशेषज्ञ डा अनुप सुवेदी भन्छन्, तर प्रारम्भिक रूपमा हेर्दा यो तेस्रो चरणमा पुगेको भन्ने सङ्केतहरू पाइन्छ । (एजेन्सीको सहयोगमा)