जर्नादन शर्माले स्वीकारे माओवादीको ‘उपमहासचिव’ पद

सफल खबर संवाददाता

मंगलबार, २० साउन २०८२, ०९ : २०
जर्नादन शर्माले स्वीकारे माओवादीको ‘उपमहासचिव’ पद

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता जर्नादन शर्माले अन्ततः पार्टीको उपमहासचिव पद स्वीकार गरेका छन् ।

२०७८ पुसमा सम्पन्न माओवादी केन्द्रको आठौं राष्टिय महाधिवेशनले उनीसहित गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, शक्ति बस्नेत र मातृका यादवलाई उपमहासचिव चयन गरेको थियो । तर उनले उक्त पद अश्वीकार गदैं आएका थिए ।

उनी पार्टीको ०७८ को महाधिवेशनबाटै महासचिव बन्न चाहिरहेका थिए । तर, उनीसँगै महासचिवको दावेदारमा वर्षमान पुन पनि देखिएपछि अध्यक्ष प्रचण्डले दुवै नेतालाई उपमहासचिव बनाएर देव गुरुङलाई महासचिव बनाएका थिए ।

उनले उपमहासचिव पद आफुले स्वीकार नगरेको भन्दै पार्टीका बैठकका माइन्यूटमा हस्ताक्षर गरेका थिएनन ।  माओवादीका हरेक बैठकमा पुगेपनि उनले बैठकको माइन्यूटमा भने हस्ताक्षर नगरेको खुलेपछि यसपटकको स्थायी समिति बैठकमा यो

त्यसयता उनले उपमहासचिव पद आफुले स्वीकार नगरेको भन्दै पार्टीका बैठकका माइन्यूटमा हस्ताक्षर गरेका थिएनन ।  माओवादीका हरेक बैठकमा पुगेपनि उनले बैठकको माइन्यूटमा भने हस्ताक्षर नगरेको खुलेपछि यसपटकको स्थायी समिति बैठकमा यो विषयले पनि प्रवेश पाएको थियो ।

आफुले पार्टीभित्रको विद्यान नमान्ने, तर अरुलाई विधिको कुरा सिकाउन खोज्ने कुरा गलत भएको बताएपछि अन्ततः जनार्दनले पार्टी माइन्यूटमा हस्ताक्षर गर्ने बताएका हुन् ।

शर्माले २०७९ भदौ २२ गते विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा आफू उपमहासचिवको रुपमा नभई संगठन विभाग प्रमुखको रुपमा उपस्थित भएको बताएका थिए। सार्वजनिक रुपमा उनले पार्टी उपमहासचिव पद अश्वीकार गरेको त्यही घोषणा थियो । त्यसयताका बैठकहरुका माइन्यूटमा उनको हस्ताक्षर छैन ।

प्रतिक्रिया दिनुहोस