बेइजिङ । चीनमा चिकुनगुनिया संक्रमितको संख्या सात हजार नाघेको छ । गुवाङदोङ प्रान्तमा जुलाईयता लामखुट्टेले टोकेर हुने यो रोगका सात हजारभन्दा धेरै बिरामी भेटिएका हुन् ।
संक्रमितको संख्या बढ्न थालेपछि स्थानीय सरकारले कोभिड–१९ महामारीको समयमा अपनाइएका जस्तै उपाय पालना गर्न आग्रह गरेको छ । अस्पतालमा झुल हालेर बिरामीहरुलाई राखिएको छ ।
चिकुनगुनिया संक्रमणबाट सबैभन्दा बढी फोसान सहर प्रभावित भएको छ । फोसानबाहेक गुवाङदोङका कम्तीमा अरु १२ सहरमा पनि संक्रमित भेटिएका छन् । गत हप्ता मात्रै संक्रमितको संख्या तीन हजारले बढेको थियो ।
परीक्षणको नतिजा नकारात्मक आएपछि मात्रै बिरामीलाई अस्पतालबाट घर जान दिइन्छ । केहीलाई भने एक हप्तासम्म अस्पतालमा राख्नुपरेको छ । चिकुनगुनिया संक्रमित लामखुट्टेले टोकेर फैलिन्छ । यसबाट संक्रमित भएका व्यक्तिलाई ज्वरो आउने जोर्नी दुख्ने जस्ता लक्षण देखिन्छ । यीमध्ये केही लक्षण त वर्षौंसम्म पनि रहन्छ । चीनमा चिकुनगुनियाको प्रकोप कमै देखिन्छ । यसको संक्रमण खासगरी दक्षिण र दक्षिणपूर्वी एसिया र अफ्रिकाका केही हिस्सामा बढी पाइन्छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २१ साउन २०८२, १५ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मादुरोको गिरफ्तारी अमेरिकाको एकतर्फी दादागिरी हो : चीन
राष्ट्रपतिसँग चीनका राजदूत छन् सङले गरे बिदाइ भेट
दुई शक्ति राष्ट्रका राजदूत नेपालबाट किन एकै समय फिर्ता हुँदै छन् ?
चीनद्वारा नयाँ उपग्रह ‘याओगान-४७’ प्रक्षेपण
निर्वाचनका निम्ति हरसम्भव सहयोग गर्ने चीनको प्रतिबद्धता
चीनको शेन्झाउ-२१ अन्तरिक्ष स्टेशनसँग सफल डक