बेइजिङ । चीनमा चिकुनगुनिया संक्रमितको संख्या सात हजार नाघेको छ । गुवाङदोङ प्रान्तमा जुलाईयता लामखुट्टेले टोकेर हुने यो रोगका सात हजारभन्दा धेरै बिरामी भेटिएका हुन् ।
संक्रमितको संख्या बढ्न थालेपछि स्थानीय सरकारले कोभिड–१९ महामारीको समयमा अपनाइएका जस्तै उपाय पालना गर्न आग्रह गरेको छ । अस्पतालमा झुल हालेर बिरामीहरुलाई राखिएको छ ।
चिकुनगुनिया संक्रमणबाट सबैभन्दा बढी फोसान सहर प्रभावित भएको छ । फोसानबाहेक गुवाङदोङका कम्तीमा अरु १२ सहरमा पनि संक्रमित भेटिएका छन् । गत हप्ता मात्रै संक्रमितको संख्या तीन हजारले बढेको थियो ।
परीक्षणको नतिजा नकारात्मक आएपछि मात्रै बिरामीलाई अस्पतालबाट घर जान दिइन्छ । केहीलाई भने एक हप्तासम्म अस्पतालमा राख्नुपरेको छ । चिकुनगुनिया संक्रमित लामखुट्टेले टोकेर फैलिन्छ । यसबाट संक्रमित भएका व्यक्तिलाई ज्वरो आउने जोर्नी दुख्ने जस्ता लक्षण देखिन्छ । यीमध्ये केही लक्षण त वर्षौंसम्म पनि रहन्छ । चीनमा चिकुनगुनियाको प्रकोप कमै देखिन्छ । यसको संक्रमण खासगरी दक्षिण र दक्षिणपूर्वी एसिया र अफ्रिकाका केही हिस्सामा बढी पाइन्छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २१ साउन २०८२, १५ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
चीन र उत्तर कोरियाबीच सहकार्य विस्तार गर्ने सहमति
चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा
चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
कोदारी नजिक चिनियाँ पर्खाल निर्माणमा नेपाल असन्तुष्ट