काठमाडौँ । भारत सरकारको अनुदान सहयोगमा नेपालमा पाँच वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू सञ्चालनमा हुने भएको छ।
शिक्षा र स्वास्थ्य क्षेत्रमा केन्द्रित यी परियोजनाहरूका लागि काठमाडौँस्थित भारतीय राजदूतावास, नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सम्बन्धित कार्यान्वयन निकायहरूबीच आज समझदारी पत्रमा हस्ताक्षर भएको हो।
परियोजनाको कुल लागत ३९ करोड रुपैयाँ रहेको छ। यी परियोजनामार्फत धनुषा, पर्सा, अछाम, बारा र मनाङ जिल्लामा विद्यालय तथा अस्पताल भवनको निर्माण गरिनेछ।
धनुषाको बटेश्वर गाउँपालिका-३ मा जनशक्ति माध्यमिक विद्यालय, पर्साको पोखरिया नगरपालिकामा महोवनी पद्म माध्यमिक विद्यालय, अछामको मेल्लेख गाउँपालिकामा बासुकी माध्यमिक विद्यालयको भवन निर्माण हुने छ भने बाराको प्रसौनी गाउँपालिका-२ मा बेंगा साह माध्यमिक विद्यालयको नयाँ भवन, छात्रावास र पुस्तकालय निर्माण गरिने छ।
यसैगरी मनाङको नासो गाउँपालिका-५ मा पाँच शय्याको अस्पताल भवन निर्माण गरिनेछ। यी सबै परियोजनाहरू नेपाल सरकारका स्थानीय निकाय र सम्बन्धित संस्थाहरूको सहकार्यमा कार्यान्वयन हुनेछन्। परियोजनाहरू सम्पन्न भएपछि ती क्षेत्रमा शिक्षा र स्वास्थ्य सेवामा गुणात्मक सुधार आउने विश्वास गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ साउन २०८२, २० : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतले जित्यो तीन खेलको वान डे सिरिज
भारतको काश्मिरमा प्रहरी चौकीभित्र विस्फोट: सात जनाको मृत्यु, ३० घाइते
नेपालले भारतलाई हरायो
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु