काठमाडौँ । मुख्य सचेतक महेश बर्तौलाले सरकारले चार प्रकारका दीर्घ रोगीलाई दिइँदै आएको मासिक ५ हजार रुपैयाँको सहुलियतमा गरिबीको परिचयपत्र अनिवार्य गर्ने प्रावधानले गम्भीर समस्या निम्त्याएको भन्दै तत्काल कार्यविधि सच्याउन माग गरेका छन् ।
उनले बिरामी भएपछि धनी व्यक्ति पनि आर्थिक रूपमा कमजोर हुनेतर्फ सरकारको ध्यानाकर्षण गराउँदै यस्तो माग गरेका हुन् । मुख्य सचेतक बर्तौलाले संसदमा आकस्मिक समयमा बोल्दै यही व्यवस्थाका कारण २५ जिल्लाका कैयौँ पीडित बिरामीहरू राज्यले दिने सुविधाबाट वञ्चित भएको उल्लेख गरे ।
नेपाल सरकारले मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघात भएका बिरामीलाई औषधि उपचारमा सहयोग पुर्याउने उद्देश्यले मासिक ५ हजार रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएको छ ।
तर, मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघातका बिरामीलाई औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधिअनुसार गरिबीको परिचयपत्र वितरण भएका जिल्लाहरूमा यो सुविधा लिन परिचयपत्र अनिवार्य गरिएको छ ।
उनले भने, ‘परिचयपत्र वितरण हुँदा गरिब नभएका तर पछि यी रोग लाग्दा आर्थिक रूपमा विपन्न बनेका नागरिकले परिचयपत्र नभएकै कारण सहुलियत पाउन सकेका छैनन् । यो अव्यवहारिक छ । रोगको प्रकृति हेरेर सुविधा दिनुपर्नेमा जोड दिँदै धनी र गरिबको आधारमा विभेद गर्न नहुने बताए ।
२५ वटा जिल्लाहरूमा परिचयपत्र भएका बिरामीले मात्र भत्ता पाउने तर अन्य जिल्लामा स्थानीय तहको सिफारिसका आधारमा पाउने व्यवस्थाले असमानता सिर्जना गरेको बर्तौलाको भनाइ छ ।
मुख्य सचेतक बर्तौलाले यो जटिलतालाई तत्काल सम्बोधन गर्न स्वास्थ्य मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराउँदै रोगका आधारमा सबै पीडितले समान रूपमा स्थानीय तहको सिफारिसमा मासिक ५ हजार रुपैयाँ पाउने गरी कार्यविधि संशोधन गर्न माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ साउन २०८२, १५ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन तालिका प्रभावित पार्ने संकेत देखिएको एमालेको निष्कर्ष
एमालेले थाल्यो आक्रामक चुनावी परिचालन निति
कास्कीमा नेकपा एसका नेताकार्यकर्ता एमालेमा समाहित
पूर्वमन्त्री जितेन्द्र देवले गरे एमाले परित्याग गरेको घोषणा
एमालेको दाबी : निर्वाचन प्रतिस्पर्धा काँग्रेससँग केन्द्रित, रास्वपाको प्रभाव सीमित
जनार्दनसँग एमालेको ०८४ सम्मको तालमेल योजना