कोरोना भाइरसकै कारण विश्व भर ज्यान गुमाउनेको संख्या १ लाख ७७ हजार नाघ्यो, अमेरिकामा मृत्यु र संक्रमण दिन प्रति दिन भयावह बन्दै

बुधबार, १० बैशाख २०७७, ०९ : ०५
कोरोना भाइरसकै कारण विश्व भर ज्यान गुमाउनेको संख्या १ लाख ७७ हजार नाघ्यो, अमेरिकामा मृत्यु र संक्रमण दिन प्रति दिन भयावह बन्दै

एजेन्सी । विश्वव्यापी महामारीको रुप फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ७७ हजार भन्दा बढी पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयलको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार अहिलेसम्म विश्वमा कोभिड–१९ बाट १ लाख ७७ हजार २ सयजनाको मृत्यु भएको छ । यस्तै विश्वमा संक्रमितको संख्या २५ लाख ६१ हजार भन्दा बढी पुगेको छ ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ज्यान गुमाउनेको संख्या ४५ हजार पुगेको छ । यस्तै संक्रमितको संख्या पनि अमेरिकामा ८ लाख २४ हजार भन्दा बढी रहेको छ । इटालीमा २४ हजार ६ सय ४८ जनाको ज्यान गएको छ भने १ लाख ८३ हजार ९ सय ५७ जनामा संक्रमण पुष्टि भएको छ ।

२ लाख ४ हजार भन्दा बढी संक्रमित रहेको स्पेनमा २१ हजार २ सय ८२ जनाको मृत्यु भएको छ । फ्रान्समा २० हजार ८ सय २९ जनाको ज्यान गएको छ भने १ लाख ५९ हजार २ सय ९९ जना संक्रमित भएका छन् । १७ हजार ३७८ जनाको मृत्यु भएको बेलायतमा संक्रमितको संख्या १ लाख ३० हजार छ । यस्तै जर्मनीमा ज्यान गुमाउनेको संख्या पाँच हजार नाघेको छ । अहिलेसम्म त्यहाँ ५ हजार ८६ जनाको मृत्यु भएको छ । यस्तै संक्रमितको संख्या १ लाख ४८ हजार ४ सय ५३ रहेको छ ।