पिसाब फेर्न घर बाहिर निस्किँदा एक बालिका बलात्कृत

मंगलबार, ०९ बैशाख २०७७, १६ : ४५
पिसाब फेर्न घर बाहिर निस्किँदा एक बालिका बलात्कृत

सप्तरी । १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।  
पक्राउ पर्नेमा सप्तरीको राजगढ गाउँपालिका–२ का २० वर्षीय रामजीवन यादव रहेको जिल्ला प्रहरी कार्यालय ले जनाएको छ । यादवमाथि पिसाब फेर्न राति घर बाहिर निस्किएका बेला बालिकालाई बलात्कार गरेको आरोप लागेको छ । 

पीडित बालिकाको दाजुले दिएको उजुरी दर्ता गरी आरोपित यादवलाई पक्राउ गरेको सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताउनुभयो । पीडित बालिकाको बयान लिएको पनि उहाँले बताउनुभयो ।

वैशाख ३ गते राति पिसाब फेर्न घर बाहिर निस्किएका बेला आरोपितले जबर्जस्ती नियन्त्रणमा लिई नजिकैको चौरमा लगी बलात्कार गरेको पीडितले बयान दिनुभएको छ । पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षणसमेत गरिएको प्रहरीले जनाएको छ । (रासस)