काठमाडौं । प्रधानमन्त्री केपी ओलीले उपाध्यक्ष बामदेव गौतमलाई फेरि नयाँ प्रस्ताव गरेका छन् । ओलीले उनलाई आफुतिर तान्ने प्रयासका लागि मृगौला पून प्रत्यारोपण गरेर वालुवाटार फर्के देखि नै नयाँ प्रस्ताव गरेको थाहा भएको छ ।
नेता गौतमलाई राष्ट्रिय सभामा भन्दा प्रतिनिधीसभामै लैजान आफु तयार रहेको भन्दै गौतम फकाउन ओलीले फेरी त्यस्तो प्रस्ताव गरेको स्रोतले बताएको छ । दल विभाजन सम्बन्धी संसोधनको लागि सरकारले अत्यादेश ल्याएपछि छलफलका लागि सचिवालय वैठक बस्नु अगाडी पनि प्रधानमन्त्री ओलीले नेता गौतमसँग छुटै छलफल गरेका थिए ।
गौतमकै साथ र सहयोगमा पार्टीको अध्यक्षमा ओली तत्कालिन एमालेमा निर्वाचित भएका थिए । त्यसबेला आफु अध्यक्षमा जितेपछि संसदीय दलको नेता दिने, प्रधानमन्त्री हुन जादा कार्यवाहक अध्यक्ष दिने सम्मको आश्वासन पछि गौतमले ओलीलाई त्यसवेला साथ दिएका थिए ।
त्यसपछि ओलीले गौतमलाई धोका दिए ।
गत चुनावमा पनि ओली पक्षधर नेताहरुकै असहयोग र अन्तरघातका कारण वामदेव निर्वाचनमा पराजित भए । त्यसयता उनले यस घटनाको छानविन गरी दोषीलाई कारवाही गर्न माग गरिरहे ।
गौतमकै मागका आधारमा तत्कालिन एमालेले वामदेव कसरी हारे भन्नेमा अनुसन्धान गर्न छानविन समिति पनि बनायो । तर पछि पार्टी एकता भएपछि त्यो त्यक्तिकै सेलायो ।
बरु उल्टै वामदेवले पार्टीमा आफुलाई अन्तरघात गरेर हराउनेलाई कारवाही गर्न माग गरेका ब्यक्तिहरुलाई ओलीले प्रोत्साहन गर्ने, संरक्षण गर्ने सम्मका काम गर्न थालेपछि उनी रुष्ट बनेका थिए ।
उनले त्यसवीचमा प्रतिनिधीसभावाट निर्वाचित सांसदलाई राजीनामा गराएर आफु उपचुनावबाट संसद छिर्ने अनके दाउ पनि खेले । कहिले डोल्पा, कहिले काठमाडौं सम्मका निर्वाचन क्षेत्रमा गौतमको आँखा पर्यो ।
काठमाडौं ७ का सांसद रहेका अहिलेका सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर सम्मले पद त्याग गर्न सहमति दिदा समेत ओलीले त्यसभित्र विदेशी चलखेल ठानी उल्टै वामदेवको वदनामी गराउन लागि परे ।
पछि उनलाई ओली आफैल राष्ट्रिय सभा सदस्यमा जान प्रस्ताव गरे । गौतमले संविधान संसोधनको प्रस्ताव गरे । ओली त्यसमा मानेनन । पछि पार्टी सचिवालयले राष्ट्रपतिको मनोनित कोटामा राष्ट्रिय सभामा जाने पार्टी सचिवालयले सर्वसम्मत निर्णय गर्यो । तर त्यो निर्णय ओलीले कार्यान्वयन नगरी फागुन १४ यता त्यक्तिकै थन्काई दिएका छन् । पटक पटक ओलीले गौतमलाइृ धोका दिदै आएका छन् । अहिले फेरि उनलाई ओलीले फेरि राष्ट्रिय सभा भन्दा पनि प्रतिनिधीसभाकै लालचा देखाएका छन् ।
कुनै एक निर्वाचित सांसदलाई राजीनामा गराएर लैजाने प्रतिवद्धता सहित उनले गौतमलाई नयाँ प्रस्ताव गरेको स्रोत बताउँछ ।तर अहिले गौतमको चाहना प्रतिनिधीसभा तिर भन्दा पनि राष्ट्रिय सभामै देखिन्छ । उनले सोमबार प्रधानमनत्रीले ठाडो प्रस्तावका रुपमा ल्याएको अध्यादेशको छलफलमा आवश्यकता भएको तर समय मात्र नमिलेको भनी मझधारमा रहेर धारणा राखेका थिए ।
उनले किन त्यस्तो मझधारमा धारणा राखे ? अहिले नकेपाभित्र चर्चाको विषय छ । के उनी ओली तिर ढल्किन खोजेका हुन् ? वा किन उनले प्रचण्ड देखि झलनाथ खनाल र नारायणकाजी श्रेष्ठहरु सम्मले विरोध गरेको अध्यादेशको पक्षमा आवश्यकता रहेको धारणा राखे ? अहिले नेकपाभित्र चर्चा शुरु भएको छ ।
तर उनी निकट स्रोतका अनुसार गौतमले अध्यादेशको पक्षमा त्यस्तो धारणा राख्नुमा उनको आफ्नै योजना रहेको ब ताइन्छ । उनी अध्यादेश मार्फत विभाजन हुने पार्टीको पनि साथ र सहयोग लिएर संसदमा दुई तिहाई पुराउने र संविधान संसोधन गरेर फेरि आफुले उठाउदै आएको मागको सम्बोधन गर्न सकन्छि की भन्ने अबसरको खोजीमा देखिएका छन् ।
सचिवालयको सोमबारको वैठकमा प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यादेशका विषयमा विरोध जनाएका थिए । ओली, इश्वर पोखरेल, रामवहादुर थापा र विष्णु पौडेलले पक्षमा बोलेका थिए । गौतम मझधारमा रहेर बोले भने माधव नेपालले पार्टीभित्र पहिले छलफल गरेर ल्याउनु पर्नेमा त्यसो नगरिएको भन्दै अध्यादेश जारी भईसकेपछि बोल्नुको अर्थ नरहेको धारणा राखेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ बैशाख २०७७, ०९ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बुद्ध जयन्तीमा ओलीको सन्देश : करुणा, शान्ति र सहिष्णुताको मार्ग अपनाउन आह्वान
'२०८२ अब इतिहास भयो' भन्दै ओलीले दिए नयाँ वर्षको शुभकामना
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी
ओलीको रिस बादलमाथि पोखियो, एमालेभित्र नयाँ ध्रुवीकरणको संकेत
ओलीको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश पोखरेलको इजलासमा