बामदेवलाई फकाउन ओलीको फेरी नयाँ प्रस्ताव

पटक पटक ओलीबाटै धोका पाउदै आएका गौतम के ओलीको नयाँ प्रस्तावमा फेरि फक्कि हाल्नेमा शंकै छ

सफल खबर संवाददाता

मंगलबार, ०९ बैशाख २०७७, ०९ : २१
बामदेवलाई फकाउन ओलीको फेरी नयाँ प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले उपाध्यक्ष बामदेव गौतमलाई फेरि नयाँ प्रस्ताव गरेका छन् । ओलीले उनलाई आफुतिर तान्ने प्रयासका लागि मृगौला पून प्रत्यारोपण गरेर वालुवाटार फर्के देखि नै नयाँ  प्रस्ताव गरेको थाहा भएको छ ।

नेता गौतमलाई राष्ट्रिय  सभामा भन्दा प्रतिनिधीसभामै लैजान आफु तयार रहेको भन्दै गौतम फकाउन ओलीले फेरी त्यस्तो प्रस्ताव गरेको स्रोतले बताएको छ । दल विभाजन सम्बन्धी संसोधनको लागि सरकारले अत्यादेश ल्याएपछि छलफलका लागि सचिवालय वैठक बस्नु अगाडी पनि प्रधानमन्त्री ओलीले नेता गौतमसँग  छुटै छलफल गरेका थिए ।

गौतमकै साथ र सहयोगमा पार्टीको अध्यक्षमा ओली तत्कालिन एमालेमा निर्वाचित भएका थिए । त्यसबेला  आफु अध्यक्षमा जितेपछि संसदीय दलको नेता दिने, प्रधानमन्त्री हुन जादा कार्यवाहक अध्यक्ष दिने सम्मको आश्वासन पछि गौतमले ओलीलाई त्यसवेला साथ दिएका थिए ।

त्यसपछि ओलीले गौतमलाई  धोका दिए ।
गत चुनावमा पनि ओली पक्षधर नेताहरुकै असहयोग र अन्तरघातका कारण वामदेव निर्वाचनमा पराजित भए । त्यसयता उनले यस घटनाको छानविन गरी दोषीलाई कारवाही गर्न माग गरिरहे ।

गौतमकै मागका आधारमा तत्कालिन एमालेले वामदेव कसरी हारे भन्नेमा अनुसन्धान गर्न छानविन समिति पनि बनायो । तर पछि पार्टी एकता भएपछि त्यो त्यक्तिकै सेलायो ।

बरु उल्टै वामदेवले पार्टीमा आफुलाई अन्तरघात गरेर हराउनेलाई कारवाही गर्न माग गरेका ब्यक्तिहरुलाई ओलीले प्रोत्साहन गर्ने, संरक्षण गर्ने सम्मका काम गर्न थालेपछि उनी रुष्ट बनेका थिए ।

उनले त्यसवीचमा प्रतिनिधीसभावाट निर्वाचित सांसदलाई राजीनामा गराएर आफु उपचुनावबाट संसद छिर्ने अनके दाउ पनि खेले । कहिले डोल्पा, कहिले काठमाडौं सम्मका निर्वाचन क्षेत्रमा गौतमको आँखा  पर्‍यो  ।

काठमाडौं ७ का सांसद रहेका अहिलेका सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर सम्मले पद त्याग गर्न सहमति दिदा समेत ओलीले त्यसभित्र विदेशी चलखेल ठानी उल्टै वामदेवको वदनामी गराउन लागि परे ।

पछि उनलाई ओली आफैल राष्ट्रिय सभा सदस्यमा जान प्रस्ताव गरे । गौतमले संविधान संसोधनको प्रस्ताव गरे । ओली त्यसमा मानेनन । पछि पार्टी सचिवालयले राष्ट्रपतिको मनोनित कोटामा राष्ट्रिय सभामा जाने पार्टी सचिवालयले सर्वसम्मत निर्णय गर्‍यो  । तर त्यो निर्णय ओलीले कार्यान्वयन नगरी फागुन १४ यता त्यक्तिकै थन्काई दिएका छन् । पटक पटक ओलीले गौतमलाइृ धोका दिदै आएका छन् । अहिले फेरि उनलाई ओलीले फेरि राष्ट्रिय सभा भन्दा पनि प्रतिनिधीसभाकै लालचा देखाएका छन् ।

कुनै एक निर्वाचित सांसदलाई राजीनामा गराएर लैजाने प्रतिवद्धता सहित उनले गौतमलाई नयाँ प्रस्ताव गरेको स्रोत बताउँछ ।तर अहिले गौतमको चाहना प्रतिनिधीसभा तिर भन्दा पनि राष्ट्रिय सभामै देखिन्छ । उनले सोमबार प्रधानमनत्रीले ठाडो प्रस्तावका रुपमा ल्याएको अध्यादेशको छलफलमा आवश्यकता भएको तर समय मात्र नमिलेको भनी मझधारमा रहेर धारणा राखेका थिए ।

उनले किन त्यस्तो मझधारमा धारणा राखे ? अहिले नकेपाभित्र चर्चाको विषय छ । के उनी ओली तिर ढल्किन खोजेका हुन् ? वा किन उनले प्रचण्ड देखि झलनाथ खनाल र नारायणकाजी श्रेष्ठहरु सम्मले विरोध गरेको अध्यादेशको पक्षमा आवश्यकता रहेको धारणा राखे ? अहिले नेकपाभित्र चर्चा शुरु भएको छ ।

तर उनी निकट स्रोतका अनुसार गौतमले अध्यादेशको पक्षमा त्यस्तो धारणा राख्नुमा उनको आफ्नै योजना रहेको ब ताइन्छ । उनी अध्यादेश मार्फत विभाजन हुने पार्टीको पनि साथ र सहयोग लिएर संसदमा दुई तिहाई पुराउने र संविधान संसोधन गरेर फेरि आफुले उठाउदै आएको मागको सम्बोधन  गर्न सकन्छि की भन्ने अबसरको खोजीमा देखिएका छन् ।

सचिवालयको सोमबारको वैठकमा प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यादेशका विषयमा विरोध जनाएका थिए । ओली, इश्वर पोखरेल, रामवहादुर थापा र विष्णु पौडेलले पक्षमा बोलेका थिए । गौतम मझधारमा रहेर बोले भने माधव नेपालले पार्टीभित्र पहिले छलफल गरेर ल्याउनु पर्नेमा त्यसो नगरिएको भन्दै अध्यादेश जारी भईसकेपछि बोल्नुको अर्थ नरहेको धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस