४ वर्षीया बालिकालाई जबरजस्ती करणी, एक जना पक्राउ

शनिबार, ०६ बैशाख २०७७, १७ : ४१
४ वर्षीया बालिकालाई जबरजस्ती करणी, एक जना पक्राउ

सांकेतिक तस्विर

बर्दिया । ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दियामा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बारबर्दिया नगरपालिका-१ फूलबारी बस्ने १५ बर्षीय मुस्कान थारु रहेका छन् । 

ईलाका प्रहरी कार्यालय बनियाभारका अनुसार थारुले ती बालिकालाई जबरजस्ती करणी गरेको सूचनाका आधारमा पक्राउ गरिएको हो । घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको छ ।