काठमाडौं । कोरोनाभाइरस संक्रमणका कारण महिनौंदेखि अमेरिकामै राकिएका नेपाली नागरिकहरुले नेपाल फर्किन पाउनुपर्ने भन्दै सरकारसँग आग्रह गरेका छन् ।
विभिन्न भिसाामा अमेरिकामा पुगी त्यही थुनिएका नेपाली नागरिकहरुले नेपाल सुरकारसँग आवश्यक पहल थाल्न आग्रह गरेका हुन् । उनीहरुले आवश्यक सबै प्रक्रिया पुरा गर्न आफूहरु तयार रहअेको भन्दै मुलुक फर्किन पाउनुपर्ने माग सरकारसँग गरेका हुन् ।
‘हाम्रो स्वास्थ्य परीक्षणदेखि सबै प्रक्रिया पुरा गर्न तयार छौं, नेपाल पुगेर सरकारले बनाएको क्वारेन्टाइनमा पनि बस्न तयार छौं तर सरकारले हामीलाई मुलुक फर्काउने वातावरण बनाउनु पर्छ’ बतास अर्गनाइजेसनका कार्यकारी निर्देशक शान्तराज बतासले भने, ‘अन्य मुलुककले समस्यामा परेकालाई फर्काइसके, हाम्रो सरकार हामीले नै खर्च गर्ने भन्दा पनि वास्ता गर्दैन ।’नेपाल फर्किन चाहनेको संख्या अमेरिकामा २०० हाराहारीमा नेपाली रहेको अन्नपूर्ण पोस्टमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ०६ बैशाख २०७७, ०८ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकपको रोमान्चक खेलमा अमेरिका पराजित : टर्कीको सान्त्वना जित
अस्ट्रेलियालाई हराउँदै अमेरिका नकआउट चरणमा प्रवेश
अमेरिका-इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट
इरानको क्षेप्यास्त्र आक्रमणपछि अमेरिकासँगको सम्बन्ध थप जटिल
अमेरिकाद्वारा तीन दिनमा दोस्रो पटक इरानमाथि आक्रमण
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्यो इरानमा हवाई आक्रमण