कोरोनाको उदमग स्थल चीनको वुहानले संक्रमण तथा मृतकको संख्या किन कम देखायो ?

शुक्रबार, ०५ बैशाख २०७७, १२ : ४३
कोरोनाको उदमग स्थल चीनको वुहानले संक्रमण तथा मृतकको संख्या किन कम देखायो ?

एजेन्सी । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणको उदगम स्थल चीनको वुहानमा कोभिड १९ बाट ज्यान गुमाउनेको संख्या झण्डै ५० प्रतिशतले बढेको  छ ।

वुहान शहरले कोभिड १९ बाट ज्यान गुमाएको संख्या अपडेट गरेको हो । कोभिड १९ को इपिसेन्टर  रहेको बुहानमा ज्यान गुमाएको संख्या १ हजार २ सय ९० थपिएपछि चीनमा मृत्यु हुनेको संख्या ३ हजार ८ सय ६९ पुगेको छ ।

चीनका अधिकारीले थप भएको संख्या नयाँ मृत्यु भएका व्यक्तिको नभएको र यसबाट आत्तिनु पर्ने अवस्था नरहेको स्पष्ट पारेको छ ।  महामारीको सुरुमा वुहानका केही अस्पतालमा बिरामीको अत्याधिक चाप भएको र ती अस्पतालहरुले सुरुमा ज्यान गुमाउनेको संख्या गलत टिपाएकाले अहिले पुनः संख्या संशोधन गरिएको चीनको सरकारी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

यस्तै कुल संक्रमितको संख्या पनि वुहान ३ सय २५ जनाले थपिएका छन् । योसँगै वुहानमा संक्रमितको संख्या ५० हजार ३ सय ३३ पुगेको छ । वुहानकै बासिन्दासहित विश्वभर चीनले प्रभावितको वास्तविक संख्या लुकाएको आशंका गर्दै आएका थिए ।

एक स्रोतले चिनियाँ अधिकारीले महामारीका प्रमुख ६ दिनको तथ्यांक भएको भन्दा कम देखाएको बताएका थिए । कोरोनाको संक्रमण शुरु भएको स्थलमा चीनले मृत्यु तथा संक्रमण दर किन कम देखायो भन्नेमा अहिले अन्य राष्ट्र स्तब्ध बनेका छन् ।