रामकुमारी झाक्रीले भनिन् : सत्ताका चाटुकारहरु मेरो मुख थुन्न कोसिस गर्छन्

सफल खबर संवाददाता

शुक्रबार, ०५ बैशाख २०७७, ०९ : ३५
रामकुमारी झाक्रीले भनिन् : सत्ताका चाटुकारहरु मेरो मुख थुन्न कोसिस गर्छन्

काठमाडौं । नेकपा केन्द्रीय सदस्य तथा सांसद रामकुमारी झाक्रीले सत्ताका चाटुकारहरुले आफनो मुख थुन्ने कोसिस गरिरहेको आरोप लगाएकी छिन । पछिल्ला दिनमा निरन्तर सरकारका गलत रवैयाको चर्काे आलोचनामा उत्रेकी झाक्रीले सत्ताका चाटुकारले मुख थुन्ने कोसिस गरेपनि आफु दमित, पीडितहरुको पक्षमा निरन्तर आवाज बोलिरहने अडान ब्यक्त गरेकी छिन् ।

उनले आफ्नै पार्टी नेतृत्वको सरकार र आफ्नै पार्टीका एउटा अध्यक्षले सरकार को नेतृत्व गरिरहेको भएपनि सरकारले तल्लो वर्गका जनताको अपेक्षा पूरा गर्न नसकेको बताएकी छिन् । उनले सरकार दलाल र हप्ते विचौलियाको चंगुलमा फस्न खोजेको आरोप पनि लगाएकी छिन् ।

निडर र स्पष्ट वक्ता सांसद झाक्री ले गरिब मजदुरहरुका लावालस्कर पैदलै हिडेर घर गईरहेको दृश्यले निकै वैचन बनाउने भन्दै आफुले तिनै मजदुरहरुको पक्षमा आवाज उठाईरहने बताएकी हुन् ।‘मलाई यस्तै दृश्यले वेचैन बनाउँछ । सत्ताका चाटुकारहरु मेरो मुख थुन्न कोसिस गर्छने । म के गरौै दलाल, हप्ते विचौलियाको कुरा वोलौं त ? होइन । म यिनकै आवाज बोल्छु,’ उनले भनेकी छिन् ।

यस अगाडी उनले प्रधानमन्त्री कार्यालयका अनवाश्यक सहयोगी, सल्लाहकारको कटौटी गरेर निमुखाका हितमा खर्च गर्न आग्रह गरेपछि उनीमाथी वालुवाटारका सल्लाहकारहरु जाईलागेका थिए । तर पनि झाक्रीले आफनो मुख वालुवाटारका चाटुकारहरुले बन्द गर्न नसक्ने बताएकी हुन् ।

प्रतिक्रिया दिनुहोस