पाल्पा । जिल्ला प्रशासन कार्यालय पाल्पाले ड्रोनबाट लकडाउनको अनुगमन गर्ने भएको छ । कोभिड–१९ संक्रमण रोकथाम तथा उपचारमा सहयोग र अनुगमनलगायत कार्य गर्न प्रशासनबाट गठित समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले लकडाउनलाई प्रभावकारी बनाउन अत्यावश्यक सेवा (औषधि, खाद्यान्न, दूध र स्वास्थ्य उपचार) लिनेबाहेकका व्यक्तिलाई हिँडडुलमा कडाइका साथ रोक लगाउने निर्णय गरेको बताए ।
बैठकले चैत १ पछि भारतलगायत अन्य मुलुकबाट आएका व्यक्तिको कोभिड–१९ परीक्षण गर्न आवश्यक आरडीटी किट उपलब्ध गराउन प्रदेश सरकारसँग माग गर्ने निर्णय गरेको छ । पालिकाहरूले आफ्नो वडाभित्रका व्यक्तिबाहेक अन्यत्रबाट आउने जो कोहीलाई जहाँ भेटिन्छ, त्यहीको क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन समेत समितिले अनुरोध दिएको छ ।
विभिन्न स्थानका क्वारेन्टाइनमा रहेका व्यक्तिलाई आरडीटी किटमार्फत कोभिड–१९ परीक्षण गरी नेगेटिभ देखिएका व्यक्तिलाई होम क्वारेन्टाइनमा बस्ने गरी पठाइएकाले उनीहरू बसेको र स्वास्थ्य अवस्थाबारे नियमित रूपमा निगरानी गर्न पालिकालाई अनुरोध गर्ने निर्णय गरेको छ । चैत १ गतेपछि भारतलगायत तेस्रो मुलुकबाट जिल्लामा आएका व्यक्तिको विवरण संकलन गरी पठाउन र निजहरूको स्वास्थ्य अवस्थाबारे निरन्तर अनुगमन र निगरानी गर्न स्थानीय तहलाई अनुरोध गर्ने निर्णय भएको छ ।
यस्तै स्थानीय प्रशासनले अन्य जिल्लाबाट हरियो तरकारी आयातमा हाललाई रोक लगाएको छ । स्थानीयस्तरमा उत्पादित तरकारीलाई बजारसम्म पुर्याउने कार्यलाई सहजीकरण गर्ने जिल्ला समन्वय अधिकारी लेखनाथ ज्ञवालीले बताए । उनका अनुसार अन्यत्रबाट आउने यस्ता उत्पादनले संक्रमण बढाउने सम्भावना बढी देखिएकाले हाललाई आयातमा रोक लगाउने निर्णय भएको हो । अबदेखि खाद्यान्न पसल पनि सातामा तीन दिन आइतबार, मंगलबार र बिहीबार बिहान ९ देखि ११ बजेसम्म मात्र खुल्ने निर्णय भएको उनले बताए । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
रुसमा ड्रोन आक्रमण, दुई जनाको मृत्यु
३८ युक्रेनी ड्रोन खसालेको रुसको दाबी
सर्लाहीको हरिवनमा ‘ड्रोन’मार्फत जग्गाको नापजाँच
भारतलाई ड्रोन बेच्न अमेरिकाले दियो अनुमति
हुथी विद्रोहीले खसाल्यो अमेरिकाको ड्रोन विमान