काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड– १९ को रोकथाम र उपचारमा संलग्न स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको पनि परीक्षण गर्ने भएको छ । आज मन्त्रालयले सूचना जारी गरी कोभिड– १९ को उपचार, निदान, नियन्त्रण अभियानमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको पनि ¥यापिड डाइनोष्टिक टेष्ट (आरडिटी)बाट परीक्षण गरिने मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो ।
यस्तै चैत महिनाभित्र विदेशबाट आएका सबैको आरडिटीबाट कोभिड– १९ को समेत परीक्षण गरिने भएको छ । मन्त्रालयले १४ दिनभन्दा बढी क्वारेन्टाइनमा बसेका सबैको पनि परीक्षण गर्ने सूचनामा जनाएको छ ।
नेपाल कोभिड– १९ को जोखिममा रहेको भन्दै गत चैत ११ गतेबाट बन्दाबन्दी गरिएको छ । अहिलेसम्म नेपालमा १६ जनामा कोभिड– १९ सङ्क्रमण देखिएको छ । नेपाल कोभिड– १९ को दोस्रो चरणमा प्रवेश गरेको छ । सम्भावित सङ्क्रमण बढ्न नदिन सरकारले यही वैशाख १५ गतेसम्म लकडाउन कायम राखेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ०४ बैशाख २०७७, २० : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
नेपालमा कोभिडको नयाँ भेरियन्ट नभित्रिएको स्वास्थ्य मन्त्रालयको भनाइ
भारतको ११ राज्यमा फैलियो कोरोना भाइरसको नयाँ भेरियन्ट
भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट
कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा डोज खोप खेर जाँदै