काठमाडौं । बेलायतको लण्डनमा कोरोनाका कारण थप एक भूपू गोरखा सैनिकको मृत्यु भएको छ । लण्डनको प्लमस्टिडमा बस्दै आएका अन्दाजी ५५ वर्षीय लक्ष्मण श्रेष्ठको उपचारका क्रममा गाइज अस्पतालमा बुधाबार मृत्यु भएको श्रेष्ठसँग एउटै पल्टनमा सँगै काम गरेका भूपू गोरखा सैनिक भोज बरालले जानकारी दिनुभयो । स्जाङजा स्थायी घर भई केही वर्ष पोखरा लेकसाइड बसाइँ सरेका श्रेष्ठ हाल लण्डनमा हुनुहुन्थ्यो ।
गत दुई हप्तादेखि खोकी र ज्वरो आएर अस्पताल भर्ना भएका श्रेष्ठलाई पछिल्लो समय भेन्टिलेटरमा राखी उपचार गरिए पनि कुनै सुधार नभएको बरालले बताउनुभयो । अहिलेसम्म सार्वजनिक भएअनुसार कोरोनाकै कारण बेलायतमा निधन हुने नेपाली १० पुगेका छन् । ती मध्ये सात पूर्व गोरखा सैनिक छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ०४ बैशाख २०७७, १० : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
नेपालमा कोभिडको नयाँ भेरियन्ट नभित्रिएको स्वास्थ्य मन्त्रालयको भनाइ
भारतको ११ राज्यमा फैलियो कोरोना भाइरसको नयाँ भेरियन्ट
भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट
कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा डोज खोप खेर जाँदै