काठमाडौं । र्यापिड डाइग्नोस्टिक टेष्टमा नजिता कोरोना पोजेटिभ देखिएका गोरखाको आरुघाट गाउँपालिका–५ का ३१ वर्षीय एक युुवकमा कोरोना सङ्क्रमण नभएको पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित कोरोना परीक्षण प्रयोगशालामा आज गरिएको स्वाब परीक्षणका क्रममा ती युवकमा कोरोना सङ्क्रमण नभएको पुष्टि भएको हो ।
‘आरुघाट गाउँपालिकाभित्र मङ्गलबार गरिएको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) का क्रममा कोरोना पोजेटिभ देखिएका भनिएका युवकको पिसिआर टेष्टको नजिता आज आएको हो, गोरखा अस्पतालका कोभिड–१९ का फोकल पर्सन नारायण अर्यालले भन्नुभयो, “ पिसिआर टेष्टमा उहाँको रिपोर्ट नेगेटिभ आएको छ ।” ¥यापिड डाइग्नोस्टिक टेष्टमा पोजेटिभ आए पनि नेगेटिभ आए पनि पिसिआर टेष्ट नगरी के हो भन्न नसकिने भएकाले तत्काल युवकको स्वाब परीक्षणका लागि हिजै पोखरा पठाइएको थियो । गएको फागुन २२ गते बहराइनबाट फर्किएका ती युवकलाई क्वारेन्टाइनमा राखिएको थियो ।
गोरखाका ११ वटै स्थानीय तहमा भारतलगायतका विभिन्न देशबाट आएकाकोे ¥यापिड डाइग्नोस्टिक टेष्ट भइरहेको छ । चैत १ गतेदेखि यता ३१४ जना जिल्लामा प्रवेश गरेको तथ्याङक रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०३ बैशाख २०७७, १९ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
नेपालमा कोभिडको नयाँ भेरियन्ट नभित्रिएको स्वास्थ्य मन्त्रालयको भनाइ
भारतको ११ राज्यमा फैलियो कोरोना भाइरसको नयाँ भेरियन्ट
भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट
कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा डोज खोप खेर जाँदै