काठमाडौं । दक्षिण कोरिया सरकारले रोजगारीका लागि इपिएस प्रणालीमार्फत कोरिया आई रोजगारी गरिरहेका कामदारलाई ५० दिन भिसा थप्ने निर्णय गरेको छ ।
यहाँको श्रम मन्त्रलायका अनुसार अप्रिल १४ देखि लागू हुने गरी इपिएसमार्फत कोरिया आएर भिसा अवधि सकिनेका लागि कोरोना माहामारीको समस्याका कारण स्वदेश फर्कन नसकेका नेपालसहित अन्य १५ मुलुकका प्रवासी कामदारलाई ५० दिनको भिसा थप हुने भएको हो ।
इपिएस प्रणालीमार्फत कोरिया आएर रोजगारी गर्ने मजदुरले कोरियामा चार वर्ष १० महिना मात्र बस्न पाउने नियम छ । उक्त नियमअनुसार चार वर्ष १० महिना अवधि पूरा भएका कामदार स्वदेश फर्कनुपर्ने हुन्छ तर अवधि पूरा भएर पनि कोरोना माहामारीका कारण स्वदेश फर्कने तयारीमा रहेर फर्कन समस्यामा परेका झण्डै १८ हजार ५०० प्रवासी मजदुर (इ–९) लाई यो निर्णयले सहज बनाएको छ । यसअघि फेब्रुअरीमा पनि ५० दिन भिसा थप्ने निर्णय भएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०२ बैशाख २०७७, ११ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दक्षिण कोरिया पुगे १ लाख २० हजार युवा
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनलाई सोधपुछका लागि नयाँ पक्राउ पूर्जी जारी
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यूनविरुद्ध पक्राउ पुर्जी जारी
दक्षिण कोरियाले बन्द गर्यो प्रोपोगाण्डा स्पिकर
दक्षिण कोरियाको राष्ट्रपतिमा विपक्षी दलका उमेदवार ली जे म्युङ विजयी
दक्षिण कोरियामा एक व्यक्तिद्वारा तीन प्रहरी अधिकारीमाथि छुरा प्रहार