काठमाडौं । अर्थमन्त्री युवराज खतिवडा पनि कोरोनाको जोखिममा सुन्दा तपाईहरुलाई अपत्यारिलो लाग्न सक्छ । तर काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ९ स्थित सनसिटि अर्पाटमेन्टमा बस्दै आएका एकै परिवारका ३ जनामा ¥यापिड डायग्नोष्टिग टेष्ट (आरडीटी) परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएसँगै अर्थमन्त्री खतिवडा पनि जोखिममा देखिएका हुन् ।
अर्पाटमेन्टमा बस्दै आएका एकै परिवारका उनीहरुलाई पोजेटिभ देखिदैमा अर्थमन्त्री खतिवडा कसरी जोखिममा ? तपाईलाई यस्तै जिज्ञासा लाग्न सक्छ । तर घटना प्रकृतिले अर्थमन्त्री पनि जोखिममा रहेको संकेत गरेको छ । कुरा हो चैत ८ गतेको । अर्थमन्त्री खतिवडा सोही अपार्टमेन्टमा आयोजित एक कार्यक्रममा सहभागी हुन पुगेका थिए । त्यही अर्पाटमेन्टमा अहिले पनि खतिवडाका छोरा बस्दै आएका थिए ।
यद्यपी आरडीटी परिक्षण गर्दा ति एकै परिवारका तीन जनामा पोजेटिभ देखिएपनि त्यो नै अन्तिम सत्य नहुन पनि सक्छ । आरडिटि पूर्ण भरपर्दाे परिक्षण होइन । सोही कारण कोरोना भए नभएको पुष्टिका लागि ति परिवारका तीन जना सदस्यलाई नै अहिले पाटन अस्पतालको आइसोलेसनमा राखिएको छ भने उनीहरुको पिसिआर विधिवाट पून परिक्षण प्रक्रिया शुरु गरिएको छ ।
पिसिआर प्रविधिवाट परिक्षण गर्दा पनि सो परिवारमा कोरोना पोजेटिभ देखियो भने अर्थमन्त्री खतिवडा पनि परिक्षणमा रहनु पर्ने अवस्था आउन सक्छ । हिजैबाट अपार्टमेन्टलाई प्रहरीले सिल गरिसकेको छ । अहिलेलाई २४ घण्टाको लागि उत्त अपार्टमेन्ट सिल गरिएको छ । त्यहाँ करिब ५ सय परिवारका झण्डै १५ सय मानिसहरु बसोबास गर्दै आईरहेका थिए । त्यसै मध्येका एक परिवार अर्थमन्त्री खतिवडाका छोराको परिवार पनि हुन् ।
खतिवडा त्यहाँ चैत ८ मा पुगेर करिब आधा घण्टा बसेर त्यहाँका केही मानिसहरुसँग पनि भेटघाट गरेर फर्केका थिए । अर्पाटमेन्टमा विदेशबाट आएका ६१ जना रहेको सूचनापछि नगरपालिकाले कोरोना परिक्षण गराएको थियो आरडिटी प्रविधिबाट । त्यस क्रममा ३६ जनाको परिक्षण गरिएको थियो । जसमध्येको तीन जनामा पोजेटिभ देखिएको हो ।
कोरोना पोजेटिभ यी तीनै जना अपार्टमेन्टको वेलफेयर सोसाइटीको चुनावको लागि नेपाल आएको खुल्न आएको छ । उनीहरु गत चैत ५ गते बेलायतबाट दुबई हुदै काठमाडौं आएका थिए । चैत ८ गते अर्पाटमेन्टमा वेलफेयरको चुनाव भएको थियो ।
सोसाइटीको चुनावमा अर्थमन्त्री खतिवडाका छोरा तिलक खतिवडा पनि सचिवमा निर्वाचित भएका थिए । भब्य पार्टी सहित चुनाव भएको र छोरा स्यवं चुनावमा उम्मेदवार रहेका कारण पनि अर्थमन्त्री खतिवडा त्यहाँ पुगेका थिए । सफलखबरसँग अर्पाटमेन्टमै रहेर सम्र्पकमा आएका एकजनाका अनुसार, अर्थमन्त्री खतिवडा चुनावका बेला अर्पाटमेन्ट पुगेको र केही समय त्यहाँ रहेका मानिसहरुसँग भेटघाट गरेर फर्केका थिए ।
अर्पाटमेन्टमा रहेका तीन जनामा पिसिआर परिक्षणमा पनि संक्रमण देखिए अर्पाटमेन्टमै रहेका अन्य र अर्थमन्त्री खतिवडासम्मलाई पनि कोरोना परिक्षण गर्नुपर्ने अवस्था आउन सक्ने बताईएको छ । जसकाकारण पनि अर्थमन्त्री खतिवडा पनि कोरोनाको जोखिममा परेको हुन सक्ने अनुमान अहिले अर्पाटमेन्टमा रहनेहरुले गर्न थालेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ बैशाख २०७७, ०८ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगामी आर्थिक वर्षको बजेटबारे अर्थमन्त्रीले लिए ७ पूर्वअर्थमन्त्रीसँग सुझाव
१४ अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिद्वारा अर्थमन्त्रीसँग भेट
राजनीतिक सहमतिमै अध्यादेश ल्याइएको हो, कसैको विरोध छैनः अर्थमन्त्री पुन
माथिल्लो अरुणको वित्तीय व्यवस्थापन विश्व बैंकले गर्ने सैद्धान्तिक सहमति
अर्थमन्त्री पुन वासिङ्टन डिसीमा
विश्व बैंक र मुद्रा कोष बैठकका लागि अर्थमन्त्री पुन अमेरिका प्रस्थान