काठमाडौँ । पछिल्लो समय व्यवसायीहरूमा देखिएको त्रासबीच सरकारले निजी क्षेत्रलाई ढुक्क भएर आर्थिक गतिविधि सञ्चालन गर्न आग्रह गरेको छ।
नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रलाई अनावश्यक आशंका नगरी काम अघि बढाउनुपर्ने बताएका हुन्।
उनका अनुसार हाल भइरहेको अनुसन्धान नयाँ नभई विगतमा विभिन्न कारणले अघि नबढाइएका पुराना फाइलहरूमाथि केन्द्रित छ। राजनीतिक प्रभावका कारण थन्क्याइएका विषयहरूलाई मात्र प्रक्रियामा ल्याइएको भन्दै उनले व्यवसायीलाई डराउनुपर्ने अवस्था नरहेको स्पष्ट पारेका छन्।
मन्त्री वाग्लेले इमानदार रूपमा व्यवसाय सञ्चालन गर्नेहरूलाई कुनै समस्या नपर्ने उल्लेख गर्दै, गैरकानुनी वा आपराधिक गतिविधिमा संलग्न व्यक्तिमाथि भने कानुनी कारबाही हुने स्पष्ट सन्देश दिएका छन्।
उनले आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रको भूमिका अनिवार्य रहेको उल्लेख गर्दै सरकार र निजी क्षेत्रबीच सहकार्य बिना देशको विकास सम्भव नहुने धारणा व्यक्त गरेका छन्।
आगामी बजेट निर्माणको प्रक्रिया जारी रहेको जानकारी दिँदै उनले चुनावका क्रममा प्रस्तुत गरिएको घोषणापत्रका प्राथमिकता र प्रतिबद्धताहरूलाई समेत बजेटमा समेटिने तयारी भइरहेको बताएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ बैशाख २०८३, १४ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारले उद्योगी व्यवसायीलाई थुन्ने सूची बनाएको छैन : अर्थमन्त्री वाग्ले
अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीसँग बजेटबारे छलफल गर्दै रास्वपा सांसद
अर्थमन्त्रीको दाबी : आर्थिक सुधारका कार्यक्रम कार्यान्वयन चरणमा, निजी क्षेत्रको सुझाव बजेटमा समेटिने
संसदीय समितिमा अर्थमन्त्रीलाई बोलाएर बजेटबारे छलफल गर्न सांसदहरूको माग
अर्थमन्त्रीको चार ठाउँमा घर र अपार्टमेन्ट, साढे ३ करोड ऋण
निजी क्षेत्रलाई सहज वातावरण दिने अर्थमन्त्रीको प्रतिबद्धता