एजेन्सी । भारतको पञ्जाबमा आइतबार लकडाउनमा तैनाथ एक प्रहरीको तरवारले हात काटिएको छ भने आक्रमणमा अन्य छजना प्रहरी घाइते भएका छन् ।
तरवार आक्रमणमा पञ्जाब प्रहरीमा एसिस्टेन्ट सब इन्सपेक्टर रहेका हरजीत सिंहको देब्रे हात चुँडिएको थियो । उक्त हातलाई साढे सात घण्टा लामो सर्जरीपछि जोडिएको छ ।
शीर्ष सरकारी अधिकारीका अनुसार शिख समुदायका ७ जनालाई बोकेको गाडीलाई पटियाला जिल्लामा रहेको एक तरकारी बजार अगाडी प्रहरीको ब्यारिकेडमा रोकिएको थियो । उनीहरुसँग यातायातको पास माग्दा विवादपछि एक जनाले तरवार झिकेर हात नै काटिदिएका थिए भने अन्य प्रहरीमाथि पनि आक्रमण गरेका थिए ।
त्यसपछि उनीहरुले अन्य प्रहरीमाथि पनि आक्रमण गरेका थिए । घाइते प्रहरीहरुलाई चन्दीगढ स्थिति अस्पताल लगिएको थियो ।
‘साढे सात घण्टा लामो सर्जरीपछि एएसआई हरजीत सिंहको हात जोड्न सफल भएको समाचार साझा गर्दा मलाई निकै खुसी लागेको छ । म डाक्टरहरुको टोली र सहयोगी स्टाफको प्रयासका लागि धन्यवाद दिन चाहन्छु । हरजीत सिंहको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु,’ राज्यका मुख्यमन्त्री अमरिन्दर सिंहले ट्वीट मार्फत जानकारी दिए ।
उनले प्रहरीमाथिको यस्तो व्यवहार सह्य नहुने र दोषीमाथि कडा कारवाही गरिने प्रतिबद्धता जनाए । त्यस्तै, लकडाउन नमान्नेमाथि पनि कारवाही गरिने चेतावनी दए ।
यता, स्थानीय गुरुद्वारामा एक घण्टा लामो अपरेशनपछि प्रहरीले सात अभियुक्तलाई पक्राउ गरेको बताइएको छ । यसबारे अनुसन्धान चलिरहेको छ ।
भारतमा यतिबेला अप्रिल १४ सम्म लकडाउन लागू गरिएको छ । पञ्जाबमा भने अप्रिल महिनाको अन्त्यसम्म लकडाउनलाई थप गरिएको छ । पञ्जाबमा हालसम्म १५१ जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् भने ११ जनाले ज्यान गुमाइसकेका छन् ।
स्रोत : सीएनएन
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
गैरहाजिर २० जना प्रहरी कर्मचारीको नाममा प्रहरी प्रधान कार्यालयले निकाल्यो ७ दिने सूचना
मिराजको समूहलाई प्रहरीले माइतीघरबाट हटायो
माइतीघरमा जेन जेडलाई प्रहरीले रोक्यो
प्रहरी सहायक निरीक्षक हरि भट्टराई बने बागमतीकै सर्वोत्कृष्ट
गुण्डागर्दीमुक्त चितवन, शान्ति सुरक्षामा प्रहरीको प्रभावकारी भूमिका
चितवनमा दुर्घटना तथा चोरीका घटना बढेपछि प्रहरी चेकजाँच कडा