एजेन्सी । पञ्जाबको पटियालामा आइतबार निहंग सिखहरूको एक समूहले आक्रमण गरेर एक प्रहरी अधिकारीको हात काटेका छन् भने तीन अन्य प्रहरीलाई घाइते बनाएका छन् ।
भारतीय सञ्चार माध्यम आज तकमा उल्लेखित समाचार अनुसार, केही सिखहरूको एक समूह एउटा गाडीमा यात्रा गरिरहेको थियो । बिहान साढे ६ बजेतिर अधिकारीहरूले उनीहरूलाई एउटा तरकारी बजारनिर रोके । त्यसपछि झडप भयो र उनीहरूले प्रहरीमाथि आक्रमण गरे । त्यसक्रममा एएसआईको हात काटियो भने तीनजना प्रहरी घाइते भए ।
पन्जाबका प्रहरी प्रमुख दिनकर गुप्ताका अनुसार तरबारले आक्रमण हुँदा एक जना प्रहरीको हात छिनालिएको छ र चण्डीगढस्थित पीजीआई अस्पतालमा वरिष्ठ प्लास्टिक सर्जनहरुले हात जोड्ने प्रयास गरिरहेका छन् । अन्य घाइतेहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।
प्रहरीले उनीहरूसँग पास मागेपछि उनीहरूले आक्रमण गरेको बताइएको छ । प्रहरीको ब्यारियरलाई पनि उनीहरूले गाडीले भत्काए । प्रहरीले गाडी घेरेपछि उनीहरूले तरवार र धारिलो हतियारले चारजना प्रहरीमाथि आक्रमण गरे ।
आक्रमणकारीहरु भागेर नजिकैको गुरुद्वारमा लुकेका थिए । प्रहरीले त्यहाँ छापा मारेर नौ जनालाई नियन्त्रणमा लिएको छ ।
भिडियोको लागि यस लिंकमा क्लिक गर्नुहोस्,
https://aajtak.intoday.in/crime/story/corona-virus-lockdown-patiala-nihang-sikh-arrested-punjab-police-1-1180046.html
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
चाँदी आयातमा भारतको कडाइ, उच्च शुद्धतायुक्त सिल्भर ‘रिस्ट्रिक्टेड’ सूचीमा
सीमा क्षेत्रमा भारतको लगातार बाँध निर्माण, नेपाल सरकार मौन
नेपाललाई आवश्यक मल र इन्धन आपूर्ति निरन्तर रहने भारतको प्रतिबद्धता
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित