एजेन्सी । पञ्जाबको पटियालामा आइतबार निहंग सिखहरूको एक समूहले आक्रमण गरेर एक प्रहरी अधिकारीको हात काटेका छन् भने तीन अन्य प्रहरीलाई घाइते बनाएका छन् ।
भारतीय सञ्चार माध्यम आज तकमा उल्लेखित समाचार अनुसार, केही सिखहरूको एक समूह एउटा गाडीमा यात्रा गरिरहेको थियो । बिहान साढे ६ बजेतिर अधिकारीहरूले उनीहरूलाई एउटा तरकारी बजारनिर रोके । त्यसपछि झडप भयो र उनीहरूले प्रहरीमाथि आक्रमण गरे । त्यसक्रममा एएसआईको हात काटियो भने तीनजना प्रहरी घाइते भए ।
पन्जाबका प्रहरी प्रमुख दिनकर गुप्ताका अनुसार तरबारले आक्रमण हुँदा एक जना प्रहरीको हात छिनालिएको छ र चण्डीगढस्थित पीजीआई अस्पतालमा वरिष्ठ प्लास्टिक सर्जनहरुले हात जोड्ने प्रयास गरिरहेका छन् । अन्य घाइतेहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।
प्रहरीले उनीहरूसँग पास मागेपछि उनीहरूले आक्रमण गरेको बताइएको छ । प्रहरीको ब्यारियरलाई पनि उनीहरूले गाडीले भत्काए । प्रहरीले गाडी घेरेपछि उनीहरूले तरवार र धारिलो हतियारले चारजना प्रहरीमाथि आक्रमण गरे ।
आक्रमणकारीहरु भागेर नजिकैको गुरुद्वारमा लुकेका थिए । प्रहरीले त्यहाँ छापा मारेर नौ जनालाई नियन्त्रणमा लिएको छ ।
भिडियोको लागि यस लिंकमा क्लिक गर्नुहोस्,
https://aajtak.intoday.in/crime/story/corona-virus-lockdown-patiala-nihang-sikh-arrested-punjab-police-1-1180046.html
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’
आज भारतको ७९औँ स्वतन्त्रता दिवस, मोदीद्वारा महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण
थप २०० मेगावाट बिजुली निर्यातका लागि भारतको सहमति
भारतीय विदेश सचिव काठमाडौं आउँदै, प्रधानमन्त्री ओलीको भ्रमण तालिका लम्ब्याउने तयारी
भारतले भन्यो- ‘रूसबाट हामीले भन्दा धेरै सामान अमेरिका र युरोपले किनिरहेका छन्’
पाँचौँ टेस्टमा भारतको ‘कम ब्याक’